विकास र समृद्धिका लागि शान्ति अपरिहार्यः राष्ट्रपति


यमलाल भुसाल, बुटवल ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विकास र समृद्धिका लागि शान्ति अपरिहार्य भएको बताउनु भयो । लुम्बिनी भ्रमणवर्ष २०७६ तथा २५६३औँ बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसको शनिवार बुद्ध जन्मस्थल लुम्बिनीमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संसार भरका बौद्धमार्गीहरुमाझ शान्तिका अग्रदुत बुद्धका संदेश प्रचार प्रसार गरि उनीहरुलाई लुम्बिनीमा ल्याउन सक्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले विश्व वन्धुत्वको भावना जागृत गर्न बुद्ध जयन्तीले प्रेणा प्रदान गर्ने समेत बताउनु भयो । लुम्बिनी को बिकासले प्रदेश ५ लाई समृद्ध बनाउन सकारात्मक भूमीका निर्वाह गर्ने बताउर्दै उहाँले लुिम्बनीलाई विश्वशान्तिको मुहानका रुपमा स्थापित गर्नु पर्ने धारणा राख्नु भयो । केन्द्रीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सफलपार्न लुिम्बनी भ्रमण वर्षले टेवा पुराउने समेत राष्ट्रपती भण्डारीले बताउनु भयो । राष्ट्रपती भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनीका स्थानीयवासीको सहयोग र सहकार्यलाईसँगै साथमा लिएर विकासका काम गर्न सरकारलाई आग्रह गर्नु भयो ।

राष्ट्रपती भण्डारीले लुम्बिनीको गुरुयोजना छिटो पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन गर्नु भयो । उहाँले बुद्धपूर्णीमालाई अन्तराष्ट्रिय वैशाख डेका रुपमा आउदो वर्ष नेपाल सरकारले लुम्बिनीमा मनाउने भनी प्रधान मन्त्रीले गरेको घोषणाको स्वागत गर्नु भयो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रर्वद्धनका लागि ४९ वर्ष पहिले निर्माण गरिएको अन्तराष्ट्रिय वुद्धिष्ट फोरमलाई सक्रिय बनाउने बताउनु भयो ।

सम्युक्त राष्ट संघका पुर्व महासचिव उ थान्त ले लुम्बिनीलाई अन्तराष्ट्रिय शान्ति क्षेत्रका रुपमा चिनाउन र लुम्बिनीको विकास गर्नका लागि १६ राष्टका व्यक्ति सहभागिता रहेको वुद्धिष्ट फोरम गठन गर्नु भएको थियो ।

लुम्बिनी क्षेत्रको वृहत्तर विकासका लागि अन्तर्रा्ष्ट्रिय समुदायको साथ आवश्यकता रहेको बताउदै प्रधानमन्त्री ओलीले लुम्बिनीको विकासका लागि सोही वुद्धिष्ट फोरमलार्ई पुनः सक्रिय बनाउने घोषणा गर्नु भयो ।

लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रका रुपमा विकास गर्दै विश्वसमुदायसँग बुद्धपूर्णीमालाई अन्तराष्ट्रिय वैशाख डेका रुपमा आउदो वर्ष नेपाल सरकारले लुम्बिनीमा मनाउने घोषणा समेत प्रधान मन्त्री ओलीले गर्नु भयो ।

प्रधानमन्त्री ओलीले सरकारको ध्यान ग्रेटर लुम्बिनीतर्फ गएको भन्दैै लुम्बिनी, लुम्बिनी जस्तो नभएको र अब लुम्बिनी स्वच्छ, हराभरा बनाउनुका लागि बाहिर सिसौका रुखले उजाड बनाएकोमा अब फलफूल रोपेर हरियाली बनाउनु पर्नेमा जोड दिनु भयो ।

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी भ्रमण वर्षमा २० लाख पर्यटक लुम्बिनी भित्र्याइने बताउनु भयो । उहाँले भ्रमण वर्षका कार्यक्रमबारे जानकारी दिंदै आन्तरिक र बाह्य गरी २० लाख पर्यटक लुम्बिनी भित्राएर भ्रमण वर्ष सफल पार्ने दावी गर्नु भयो । नेपाल सरकार र प्रदेश सरकारको साथले लुम्बिनीको विकास र विश्वव्यापी प्रवद्र्धन गर्ने मुख्यमन्त्री पोखरेलको बताउनु भयो।

कार्यक्रममा बोल्दै प्रदेश पाँंचका उद्योग, बन, वातावरण तथा पर्यटनमन्त्री लिला गिरीले प्रदेशसरकारले लुम्बिनी क्षेत्रको प्रवद्र्धनका लागि भ्रमण वर्ष घोषणा गरेको र यसले प्रदेश पांचको समृद्ध बन्ने आधार तयार पार्ने बताउनु भयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले अबको तीन वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने र त्यसपछि लुम्बिनीको मुहार परिवर्तन हुने बताउनु भयो ।