आगलागीबाट दुई करोड ७५ लाख धनमाल नष्ट

0
Shares

काठमाडौं ।
करिब ६ घण्टाको अवधिमा देशका ७ स्थानमा आगलागी हुँदा करिब २ करोड ७५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । शुक्रबार दिउँसो १३स्०० बजेदेखि १९स्१५ बजेसम्मको सो अवधिमा नवलपरासी९पश्चिम०, भोजपुर, कञ्चनपुर, रोल्पा, कैलाली, महोत्तरी र सिराहामा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो ।

आगलागीका घटनामा भएका उक्त क्षतिमध्ये नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका(५ सकरबिनयीस्थित विक्रम गुरुङको भेली उद्योगमा करेन्ट सर्ट भई आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । साथै भोजपुर षडानन्द नगरपालिका(१४ सोमदेल डाँडा बस्ने ६६ वर्षीय भिम बहादुर पहाडी सार्कीको २ वटा घरमा आगलागी हुँदा करिब १४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी कञ्चनपुर बेदकोट नगरपालिका(४ बैतडा टोल बस्ने उत्तरे भुलको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै रोल्पा सुनछहारी गाउँपालिका(४ सिउरी बस्ने जगलाल बिक लगायत २ जनाको घर र गोठमा आगलागी हुँदा करिब १६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी कैलाली बर्दगोरीया गाउँपालिका(१ बौनिया बजार बस्ने प्रकाश नाथको ईलोक्ट्रोनिक सामान राखेको गोदाममा करेन्ट सर्ट भई आगलागी हुँदा करिब २ करोड बराबरको धनमाल नष्ट भएको छ । साथै महोत्तरी लोहारपट्टी नगरपालिका(७ भ्रमरपुरा बस्ने मोहमद अलि हुसेनको घरमा करेन्ट सर्ट भई आगलागी हुँदा करिब २४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी सिराहा सुखिपुर नगरपालिका(९ बैशखा बस्ने देवकुमार यादव समेत १७ जनाको अन्दाजी १० बिघा खरबारी खेतमा लगाएको सिसौ, भिस, र अन्य बोट बिरुवाहरुमा आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा प्रहरीले सबै स्थानको आगो नियन्त्रणमा लिएको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम संचालन गरी आगलागीबाट बच्ने उपायबारे जानकारी समेत गराएको छ ।