नगरपालिकाको गाडीमा आगजनी, दुई जना पक्राउ


धर्मेन्द्र बि सी, अछाम ।
अछामको मंगलसेन नगरपालिकाको गाडिमा आगजनी गर्ने २ जना पक्राउ परेका छन । मगलसेन नगरपालिका वडा नं।५ स्थित नगरपालिका कार्यालयको परिसरमा पार्किङ गरी राखिएको गाडीमा आगजनी गरी नष्ट गर्ने कार्यमा संलग्न भएका मंगलसेन नगरपालिका वडा नं।०१ का बर्ष १९ को दिपेन्द्र जैगडी र सोहि ठाउका बर्ष १९ को एकेन्द्र राज नाथ लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानको लागी हिरासतमा राखि अनुसन्धान कार्य भई रहेको प्रहरी प्रमुख डि।एस।पि जनक बहादुर शाहिले जानकारी दिनु भयो ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजि कार्यमा प्रहरी व्यापक रुपमा परिचालन गरिएको डि।एस।पि शाहिले वताउनु भयो ।

नगरपालिकाका मेयर पदमबहादुर बोहराले प्रयोग गर्दै आएको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलबार राती २ बजे आगजनि गरिएको थियो ।