त्रिशूली थ्री ‘ए’ को पहिलो युनिटबाट विद्युत् उत्पादन



lqz”nL y|L …PÚ hnljB’t cfof]hgfsf] afFw:yn dflyNnf] lqz”nL y|L …PÚ hnljB’t cfof]hgfsf] /;’jf 8fF8fufFp l:yt afFw:yn . lgdf{0fsfo{ k”/f kl5 laxLaf/ ljB’t pTkfbg k/LIf0fsf] k|flws/0fsf sfo{sf/L lgb{]zs s’ndfg l3l;ªn] cjnf]sg ug'{ePsf] lyof] . z’qmaf/ ;fFem kfFr ah]b]lv lg/Gt/ tLglbg k/LIf0f kZrft ;~rfngsf] tof/L ul/Psf] 5 . t:jL/ M /fdxl/ Gof}kfg], /f;;, g’jfsf]6

नेपाल समाचारपत्र, काठमाडौं
६० मेगावाट क्षक्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरू भएको छ । लक्ष्यभन्दा पा“च वर्षपछि आयोजनाले विद्युत् उत्पादन गरेको हो ।

उक्त आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन भएस“गै आयोजना राष्ट्रिय प्रणालीमा जोडिएको छ । इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा विद्युत् गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी) स“ग २०६७ जेठ १४ मा ठेक्का सम्झौता भएको थियो । २०७१ जेठ १७ भित्रमा निर्माण सक्ने गरी सीजीजीसीस“ग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । तर, भूकम्प, विद्युत् गृह भूमिगत बनाउने या सतही बनाउने, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ ५ सिम्लेस्थित स्विचयार्डको कन्ट्रोल रुममा रहेको स्विच दबाएर आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गर्नुभएको छ । आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थ स्थिति सबस्टेसनमा जोडिएको छ । शुक्रबार सा“झ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ । त्यसपछि उपकरण तथा सुरुङ, बा“धलगायतका संरचनाको पुनः परीक्षण गरिने छ । यो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन शुरू हुने छ । आयोजनाको दोस्रो युनिट (३० मेगावाट) असारको दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली थ्री ‘ए’ सञ्चालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेको विद्युत्को परिमाण घट्ने बताउनुभयो । ‘लोड सेन्टर (काठमाडौं उपत्यका)बाट नजिक रहेको र हिउ“दमा समेत करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहन्छ,’ उहा“ले भन्नुभयो । ‘यसबाट उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्ने छ ।’ उहा“ले त्रिशूली थ्री ‘ए’ पूर्ण रुपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशतको योगदान रहने बताउनुभयो ।

विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन शुरु गर्ने अवस्थामा पुगेको हो । आयोजनाले नै काठमाडौंको मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरेको छ । यसबाट त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्यत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पूर्वाधारसमेत तयार भएको छ ।

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनिया“ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।

त्रिशूली थ्री ‘बी’ सबस्टेसन निर्माणको अवरोध हट्यो

त्रिशूली थ्री ‘बी’ २२० केभी हब सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ । स्थानीयले विभिन्न माग राखी दुई दिनदेखि रहेको अवरोध हटेपछि शुक्रबारबाट निर्माण सुचारु भएको छ ।

नुवाकोटको किस्पाङ गाउ“पालिका —५ पहिरेबेंसीमा निर्माणाधीन सबस्टेसनको काम केही स्थानीयले नियतबस रोकेका थिए । त्रिशूली नदी किनारमा बनिरहेको सबस्टेसनमा रसुवाको उत्तरगया—४का केही स्थानीयले निर्माणमा अवरोध गरेका थिए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको निर्माणस्थल निरीक्षणका क्रममा स्थानीयको जायज माग पूरा गर्न आयोजना सधैं तयार रहेको तर नाजायज माग राखी अवरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिनुभएको थियो ।

घिसिङले नुवाकोटका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा व्यवस्थाको प्रबन्ध गरिदिन अनुरोध गरेस“गै तत्कालै आयोजनास्थलमा जनपद र सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो ।

‘यो सबस्टेसन एक वर्षभित्रमा बन्न सकेन भने रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२ दशमलव ५ मेगावाटको सान्जेन, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नसकी खेर फाल्नुपर्ने अवस्था छ, यसवापत प्राधिकरणले करौडौं रुपिया“ तिर्नुपर्छ,’ निर्माणमा अवरोध गर्न मुख्य भूमिका खेल्ने उत्तरगया—४का शिवप्रसाद भट्टराई, जानुका थापामगरलगायतका विरुद्धमा आयोजनाले जिल्ला प्रशासन तथा प्रहरी कार्यालय नुवाकोट र रसुवामा किटानी जाहेरी दिएको छ ।

त्रिशूली नदी किनारमा सब स्टेशनको कमाण्ड घेर्न पर्खाल लगाउ“दा विरोध भएको थियो । आयोजनाले बगरमा निर्माण गरिरहेको पर्खाल माथि सार्न माग गरेका थिए । स्थानीयले अवरोध गरेपछि आयोजनाले दुवैतर्फका वडाध्यक्षस“ग छलफल गरेको थियो । उनीहरुले आयोजनाले उपयुक्त स्थानमा नै सबस्टेसन निर्माण गरिरहेकाले अवरोध नगर्न स्थानीयलाई आग्रह गरेका थिए ।

आयोजनाले रसुवातर्फ खेतीयोग्य जग्गा तथा बस्ती जोखिममा पर्न नदिन पर्खाल लगाइदिएको छ । भट्टराईको नेतृत्वमा नै पर्खाल लगाइएको थियो । अहिले उनले सबस्टेसन निर्माणमा पेटी ठेक्का हात पार्नका लागि केही स्थानीयलाई उचालेका हुन् । उनले आफ्नो स्वार्थ पूरा गर्न आयोजनाका कर्मचारीलाई फोन गरी धम्क्याउने गरेका छन् ।

त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेसनको निर्माण गर्न लागिएको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहने छ । आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ । आयोजनाको निर्माण अगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्