काङ्ग्रेस कमजोर नभएको गगन थापाको दाबी


बासुदेव शर्मा, जाजरकोट ।
जाजरकोट छेडागाड नगरपालिकाको थलह बजारमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिको आयोजनामा कार्यक्रम गरेको छ ।
नेपाली काग्रेसले आयोजना गरेको आम सभालाई  सम्बाेधन गर्न जाजरकोट आई पुगेका नेपाल सरकारका पुर्व स्वास्थ्य मन्त्री तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापा बर्तमान केपी ओली सरकारले मुख्या काम छोडेर साना तिन कुरामा अडकीएको आरोप लगाउनु भयो ।

वर्तमान सरकारले विकास निर्माण लगाएत अन्य नागरिकहरुका स्वतन्त्रताका कुरा गर्न छाडेर काग्रेस थोरै संख्यामा भयो भनेर आलोचना गरेकोले थोरै संख्या भएपनि संसदमा जिम्मेवार भएको वताउनु भयो । उहाँले काग्रेस कम्जोर भएको भए गणतन्त्र, संविधान कार्यान्वय र राजनैतिक मुल्य मान्यता प्रति जिम्मेवार भएको वताउनु भयो ।

जनताको त्याग तपस्या वलिदान र संघर्षबाट प्राप्त गरेको गणतन्त्रको संस्थागत किास र लोकतान्त्रिक मुल्य मान्यताको रक्षाका लागी संख्या जति भएपनि नेपाली काग्रेसले प्रतिपक्षको शसक्त भुमीका निर्वाह गरेको वताउनु भयो ।

नेपाली काग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले सरकारले संसदमा दर्ता गरको मिडिया काउन्सील विद्येयक प्रेस स्वातन्त्रता विरोधी भएको यसका विरुद्ध लोकतन्त्रका पक्षधरहरु लाग्नु पर्ने वताउनु भयो ।

उहाँले जनताको अभिभावक प्रधानमन्त्रिले भएको सवैलाई जिस्क्याउन मिल्ने तर नागरिक र पत्रकारले उहाँको गलत कामको विरोधमा लेख्न पाउने वोल्न नपाउने व्यवस्था लोकतान्त्रिक नभएको वताउदै, दुई तिहाइको दम्भमा अलोकतान्त्रिक हर्कत देखाएको नेता थापाले वताउनु भयो ।

जनताको प्रतिनिधिको रुपमा रहेकि राष्ट?̯पति विद्यादेवी भण्डारीलेका केहि कामहरुले जनताले गणतन्त्र प्रति नकारात्मक धारणा राख्न सक्ने वताउनु भयो । राष्ट्रपति शितल निबासबाट वाहिर निस्कदा जनताहरु भागाभाग हुनुले गणतान्त्रिक शासन व्यवस्था प्रति जनतामा आक्रोस पैदा गराउने थालेकोले गणतन्त्रलाई जोगाउन जनता एक जुट हुन आवश्यक भएको वताउनु भयो ।

राष्ट्रिय जागरण अभियान जाजरकोटका केन्द्रिय प्रतिनिधिका रुपमा खटिनु भएका पुर्व संचार राज्यमन्त्री तप्त बहादुर विष्टले देशको वर्तमान अवस्था र काग्रेसको आगामी भुमीकाका विषयमा जनतालाई जानकारी गराउन नेपाली काग्रेसका नेता कार्यकर्ता गाउँ मुखीभएको वताउनु भयो ।

उहाँले नेकपाको सरकारले दुई तिहाईको नाममा देखाएको दम्भ अधिनायकवादी शैलीका कारण देशमा जनताको सरकार भएको तर सरकारको राम्रो कामको अनुभुति गर्न नपाएकोले सरकारका गलत कामका विरुद्ध जनताले आवाज उठाउनु पर्ने वताउनु भयो ।
जेठ १ गतेबाट शुरु गरेको नेपाली काग्रेस जाजरकोटले सात वटै पालिकामा संचालन गर्ने भएको छ ।