सरकारी कार्यालयमा स्तनपान कक्ष


सलिम अन्सारी, प्युठान ।
जिल्ला प्रशासन कार्यालय प्युठानमा स्तनपान कक्ष खुलेको छ। बच्चासहितका आमाहरुले आफ्ना बच्चाहरुलाई व्यवस्थित कक्षमा दुध खुवाउन सक्नेगरी प्रशासन हाताभित्र स्तनपान कक्ष खोलिएको व्यवस्था प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।

उहाका अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउनका लागि यस्तो व्यवस्था गरिएको हो । कार्यालयमा काम लिएर आउने महिलाहरुले कार्यालयभित्र काम हुँदाहुँदै केही समय कुर्नुपर्ने अवस्थामा सहजरूपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन् र सुरक्षित स्थानमा स्तनपान गराउन सकुन् भन्ने उेद्दश्यले स्तनपान कक्ष सञ्चालनमा ल्याइएको हो ।

’दुधे बच्चा बोकेर कार्यालय आउने महिलाहरुको सेवाका लागि स्तनपानकक्ष बनाएका हौँ उहाले भन्नुभयो सुरक्षित कक्षमा दुध खुवाउन सक्नेगरी ब्याबस्था मिलाईएको छ।जिल्लाका कुनै पनि सरकारी कार्यालयमा स्तपान तथा शिशु स्याहारका लागि व्यवस्था नभएकाले महिला सेवाग्राहीको सुविधालाई ध्यानमा राखी कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय प्युठानले बताएको हो।

गैह्रे प्रजिअका रुपमा प्युठान आएपछी कार्यालयमै नागरिक सहायता कक्ष स्थापना लगायत थुप्रै सुधारका कामहरु गर्दै आउनुभएको छ। कार्यालयले ज्येष्ठ नागरिक, फरक क्षमता भएकाका लागि समेत विशेष व्यवस्था गरेको छ । यस्ले सेवाग्राहिले छिटो सेवा सुबिधा लिन पाएका छन । प्रशासनको काम सहज गराउन कार्यालयले श्रव्य दृश्य नागरिक वडापत्र र डिजिटल बडापत्र समेत राखिएको छ। जिल्ला प्रशासनले प्रत्येक हप्ताको आइतबार कार्यालयमै स्वास्थ्यपरीक्षण सुविधा समेत दिईरहेको छ ।