छुवाछुतमुक्त नगर घोषणाको अन्तिम तयारीमा मुसीकोट


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकालाई छुवाछुतमुक्त नगर घोषणाका लागी तयारी तिब्र पारिने भएको छ । छुवाछुत मुक्त नगर घोषणा गर्नका लागि आवश्यक पर्ने मापदण्ड पुरा गरि नगरपालिकालाई आगामी जेठ २१ गते छुवाछुत मुक्त नगर घोषणा गरिने भएको हो ।

गत बैशाख २७ गते बसेको नगर कार्यपालिकाको ३८औं बैठकले आगामी जेठ २१ गते भित्र छुवाछुत मुक्त नगर घोषणा गर्ने निर्णय गरेको थियो । सोहि निर्णयलाई मध्यनजर गरि नगरपालिकामा सबै दल सम्बद्ध दलित अगुवा नेता तथा कार्यकर्ता, पत्रकार एवंम् सरोकारवालासँग छलफलमा आगामी ५ गतेदेखि १५ गतेभित्र नगरपालिकाका १४ वटै वडाहरुमा छुवाछुत मुक्त नगर घोषणाका लागि आवश्यक मापदण्ड पुरा गर्न बिभिन्न कार्यक्रम सञ्चालन गर्ने र जेठ २१ गते नगरपालिकालाई छुवाछुत मुक्त घोषणा गर्न सहभागिले सुझाब दिनुका साथै उनिहरुले सहयोगका लागि प्रतिबद्धता गरेपछि जेठ २१ गते छुवाछुत मुक्त नगर घोषणा गर्ने पक्का भएको छ ।

अन्र्तक्रियामा बोल्दै कर्णाली प्रदेशका सांसद देवी ओलीले आबश्यक मापदण्ड पुरा गरी तोकिएको समयमै मुसिकोट नगरपालिकालाई छुवाछुतमुक्त नगर घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । समाजमा अझै पनि छुवाछुत कायम रहेको औंल्याउनुहुँदै उहाँले त्यस्ता क्षेत्रमा सचेचनामुलक कार्यक्रम आबश्यक रहेको धारणा राख्नुभयो । मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले जेठ २१ गते नगरलाई छुवाछुत नगर बनाएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो ।