राप्ती राजमार्गमा अवरोध हटाउन पहल, स्थानीय तह भने मौन


सरिता चलाउने, सल्यान ।
सल्यानमा राप्ती राजमार्गमा जताभाबि अवरोध गर्नेलाई कारवाही गरिने भएको छ । बिकासका निर्माणका काम गर्दा, सहायक मार्गहरु निर्माण गर्दा मुख्य राजमार्गमा जथाभाबि निर्माण साम्रागी थुपारी सडकमा अबरोध गर्ने विरुद्ध कानुनी कारवाही गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यलय सल्यानमा सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख, यातायात व्यवसायीहरुको संयुक्त सम्पन्न बैठकले जताभाबि गाडी पार्किङ, सडक अबरुद्ध पार्ने चक्काजाम गर्ने जस्ता कार्य नियन्त्रण गरी राजमार्ग सुचारु गर्ने निर्णय भएको हो ।

बिभिन्न समुहले आफना मागहरु राखेर दवाब स्वरुप गरिने सडक अबरुद्ध, बन्द, हडताल, चक्काजाम, चोरी डैकैति, सवारी दुर्घटना, प्राकृतिक प्रकोप बाट हुने अवरोध, विकास निर्माणका कार्यबाट हुने अबरोध, पशु चौपाया, बाल बच्चाहरु सडकमा छोडी हुन सक्ने दुर्घटनाको बारेमा स्थानीय तहहरुले आवश्यक निति तथा कार्ययोजना निर्माण गरेर कार्यन्यन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले बताउनु भयो ।

प्रत्येक स्थानीय तहले आफ्नो भौगोलीक सिमाना वा क्षेत्रमा पर्ने सडकको वर्गिकरण गरी विवरण तयार पार्ने विविरण अद्याबद्यिक गरी जिल्ला प्रशासन कार्यलयमा र सुरक्षा निकायहरु तथा जिल्ला ट्राफिक प्रहरी कार्यलयमा जानकारी गराउनु पर्ने निर्णय गरिएको उहाँले बताउनु भयो ।

यस्तै राजमार्गमा अबरोध भएको सडक खुलाउन आवश्यक पर्ने औजार, उपकरणहरु जनशक्ति तथा सडक डिभिजन कार्यलय र सम्बन्धित पालीकाहरुमा उपलब्ध अन्य स्रोतको विवरण तयार गरेर सुरक्षा निकायहरु तथा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा तत्काल परिचालन गरिने निर्णय भएको बताउनु भयो ।

सडक प्रयोग तथा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन स्थानीय तहहरु र सुरक्षा निकायहरु सँगको समन्वय र सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यलय सल्यानले चेतनामुलक कार्यक्रमहरु संचालन गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेले राजमार्गमा अबरोध हटाउन सबैले पहल गर्नुपर्ने भएपनि स्थानीय तहहरु भने मौन रहेको बताउनु भयो । उहाँले सडक दुर्घटनाहरुमा बृद्धि हुदै गइरहेकाले यस्तो अबस्थामा स्थानीय तहहरुले कुनै पनि ध्यान नदिएको बताउनु भयो ।
बिभिन्न क्षेत्र बाट यो बिषयमा छलफल भैरहेको भएपनि स्थानीय तहहरुले महत्व नदिएको उहाँले बताउनु भयो ।