जातीय छुवाछुत अन्त्य गर्न सरोकावाला एकमत


कालीवहादुर मल्ल, कालिकोट ।
समाजमा कुसस्कारको रुपमा रहेको जातीय विभेद तथा छुवाछुत अन्त्य गर्ने उद्देश्यका साथ यहाँस्थित सरोकावालाविच बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जातीय विभेदको अन्त्य गारौँ समतामुलक समाजको निमार्ण गरौँ भन्ने मुल नाराकासाथ वर्तमान जातीय छुवाछुत तथा सामाजिक सवाल विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

गतिशिल नारी उत्थान तथा पारोपकार केन्द्रका अध्यक्ष जनपुरा सिंह (क्रान्ति)को अध्यक्षतामा सञ्चालित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिव नगेन्द्र शाही, कांग्रेस महिला नेतृ शुसिला बम लगाएतले जातीय छुवाछुतको अन्त्य गर्नका लागि जिल्लामा जागरण अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा धारणा राख्दै नेकपा कालिकोटका सचिव शाहीले जवसम्म दलित र गैर दलितका विचमा विवाहको प्रचलन सुरु हुदैन तवसम्म जातीय विभद यथावत रहने वताउनु भयो । यस्तै दलित नेता दिनेश चदाराले समाजमा जरा गाडेर रहेको कथित जातीय छुवाछुतको अन्त्यका लागि जिल्लाव्यापी वहस तथा चेतना जोगाउन पर्ने वताउनुभयो ।

अहिले पनि मठ मन्दिर,मेला पर्वमा दलित वर्गले प्रवेश गर्न नपाउने प्रथा कयमै रहेकाले यस वर्ष अधिकारकर्मीको नेतृत्वमा मन्दिर पर्व प्रवेश गर्ने अभियान चलाउनु पर्नेमा अतिथिहरुको जोड थियो ।

जातीय विभेद अन्त्य गर्नका लागि विभिन्न ऐन कानून वनेता पनि प्रभावकारी कार्यन्वयन हुन नसक्दा कालिकोट जस्ता जिल्लाहरुमा अहिले पनि जातीय विभेद कायमै रहेको पाइन्छ ।