मोटरसाईकलको ठक्करबाट एक बालक गम्भीर घाइते


सिर्जना पन्त, बागलुङ ।
मध्यपहाडि लोकमार्ग अन्तरगत बडिगाड गाउँपालिका वडा नं. ६ ठुलावेसिमा मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँका १३ वर्षीय अमृत थापा गम्भीर घाइते भएका छन् । लु ३१ प ३६०९ नं. को मोटरसाइकलले थापालाई बुधवार दिउँसो ठक्कर दिएको हो ।

घाइतेको थापाको अवस्था गम्भीर भएकाले हेलिकाेप्टर मार्फत पोखरा लगेर मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको वडा अध्यक्ष मौसमकाजि क्षेत्रीले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक बडिगाड गाउँपालिका–५ का शिखर गिरीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खार प्रहरीचौकीले जानकारी दिएको छ । विपरित दिशाबाट आइरहेको जीपलाई साइड दिने क्रममा थापालाई लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।