‘जनप्रतिनिधिका दुई वर्ष’

0
Shares

काभ्रे, (नेस)
२०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुका दुई वर्ष पुरा भएका छन् । धुलिखेल नगरपालिकाले निर्वाचित भएको दुई वर्षको अवधीमा गरेका गतिविधिका बारेमा ‘जनप्रतिनिधिका दुई वर्ष’ नामक पुस्तक प्रकाशन गरेकोे छ ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले अन्तराष्ट्रिय, राष्ट्रिय, नगर र वडा स्तरमा भएका विभिन्न योजनाहरु, योजनाले पारेको प्रभाव, योजना सम्पन्न गर्दा आईपरेका समस्या, चुनौती र समाधानका प्रयास, लागत जनसहभागिता, लाभान्वित जनसंख्या र योजनाको मुख्य उपलब्धी समेटेर पुस्तक तयार गरिएको बताउनु भयो ।

‘दुई वर्षमा साना ठुला गरी नगर भित्र विभिन्न क्षेत्रबाट झण्डै एक हजार भन्दा धेरै योजनाहरु सम्पन्न भएका छन्’, नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘सबै योजनाहरु नगरबासीका हितका लागि र नगरको समृद्ध उन्मुख छन् ।’ ति मध्ये पुस्तकमा १ सय २१ वटा योजनाका बारेमा विस्तृतमा उल्लेख गरिएको छ । पुस्तक सार्वजनिकिरण गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले देशभरका स्थानीय सरकारलाई धुलिखेलले शुरु गरेको पारदर्शिताको नमुना उदाहरणीय बन्ने बताउनु भयो ।