नगरबासीले सामाजिक सुरक्षा भत्ता पाएनन्

0
Shares

नेपाल समाचारपत्र, मुगु
मुगु जिल्लाका छाँयानाथ रारा नगरपालिकाले बितरण गदै आईरहेको सामाजिक शुरक्षा भत्ता पाउनुपर्ने ब्यक्तिहरुले दशैंबाट पाएका छैनन् । मन्त्रालयबाट समयमा निकासा नहुँदा नगरपालिका भित्र रहेको सामाजिक सुरक्षा भत्ता व्यक्तिहरुले नपाएको हो ।

छायानाथ रारा नगरपालिका वडा नम्बर ८ मुर्मा गाँउका ८० वर्षीय टाईके रोकायाले दशैमा समेत भत्ता सबै नपाएर ५ हजार मात्र पाएको गुणासो गर्दै चुनावको समयमा धेरै आशा देखाएको र पछि केही काम नगरेको बताए । आफ्नो ठाउँमा विकास नभएकोमा पनि उनी निकै चिन्तित देखिन्छन् ।

नागरपालिका आएपछि समयमा वृद्ध भत्ता र अन्य सुविधाहरु पाउने आशाहरु बोकेका नगरपालिका व्यक्तिहरु निराश भएका छन् । उनीहरुले पाउनुपर्ने कुनै प्रकारको सेवा पाएका छैनन् । वडा अध्यक्षदेखि नगर प्रमुखलगायतका नेता छनोट गर्ने काम सम्पन्न भयो तर नगरपालिकामा विकासको कार्य भने केहि पनि नभएको मुर्मा गाँउका ७० पर्षका गारेचन्द्र रोकाया बताउँछन् ।

छायानाथ रारा नगरपालिकाका धेरै वृद्धहरुले पाउनुपर्ने सेवा सुविधाहरु पाएका छैनन् । छायानाथ रारा नगरपालिकाका एक देखि चौध वडाका जेष्ट नागरिक भत्ता पाउर्ने ८१ जना, कर्णालीका १ हजार ३ सय १९जना जेष्ट नागरिक, दलित ३९ जना,विधुवा २ सय ९५ जना, पूर्ण अपाङता भएका ६२ जना, अति अशक्त अपाङता भएका ६३ जना, दलित बालबालिका २ जना, बाल पोषण अनुदान २ हजार ९ सय २७ जना ,जेष्ठ नागरीक औषधि उपचार भत्ता ५ सय ६९ जना गरी ५ हजार ३ सय ५७ जनाले नेपाल सरकार बाट पाउर्ने भत्ता दशै यताबाट पाएका छैनन् ।

दुई चौमासिकमा १ करोड ४४ लाख ४२ हजार ८ सय रुपैयाँ नेपाल सरकारबाट समयमा नै निकासा नहुँदा अहिले सम्म मुगु जिल्ला छायानाथ रारा नगरपालिका भित्र कुनै पनि ब्याक्तिले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । दुर्गम क्षेत्रका अधिकासं जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ताकै भरमा जीवन निर्वाह गर्नु पर्ने बाध्यता छ । सरकारले ६० वर्ष उमेरका जेष्ठ नागरीकलाई एक हजार, ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई २ हजार, पूर्ण अपाङग भएका ब्याक्तिलाई २ हजार, आंशिक अपाङगलाई ६सय, एकल महिलालाई १ हजार रुपैयाँ उपलब्ध गराउने प्रावधान बनाएको छ ।

सामाजिक सुरक्षा भत्ताको रकमबाट खान,लत्ता कपडा,लगाएतका विभिन्न खर्च चलाउदै आएका वृद्ध वृद्धाहरु लामो समय सम्म भत्ता नपाउदा निकै समस्यामा परेका छन । कर्मचारी समायोजनको कारण र सामाजिक सुरक्षा भत्ता पाउने ब्याक्तिहरुको रेकड अनलाईमा भर्नुपर्ने सिस्टम भएको कारण सरकारबाट निकासा हुने रकम ढिला भएको हो ।

सरकारका नीति अनुसार सामाजिक सुरक्षा भत्ताको लािग बैक खाता खोलेर बितरण गर्ने भए पनि सदरमुकाम गमगढीबाट गाँउ बस्ती टाढा भएको हुँदा बैक खाता खोल्न निकै समस्या भएको छ । नगरपालिकाका कर्मचारीहरुले घर घरमै गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने छायानथा रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले बताउनुभएको छ ।