कर्मचारीकै खोजीमा बित्यो दुई वर्ष

0
Shares

नुवाकोट, (नेस)
स्थानिय तह आएको दुई वर्ष पुरा भई सक्दा पनि नुवाकोटका स्थानिय तह हरुमा भने कर्मचारिको अभावको कारणले गर्दा अझै पनि स्थानिय तह बिकास निर्माणको कार्यमा अन्योलता देखा परिरहेको छ ।

सिहंदरबारको अधिकार जनतालाई गाउगाउमा नै पु¥याउने उद्देश्का साथ २० वर्षसम्म स्थानिय तह जनप्रतिनिधि बिहिन भएकोमा कर्मचारीतन्त्र लाई हटाएर आएका जनप्रतिनिधि सहितको स्थानिय तहमा सोहि कर्मचारीको आबश्यकता परेको छ । दुई नगरपालिका र दश गाउँपालिका रहेको नुवाकोटको विभिन्न स्थानिय तहहरुमा कर्मचारी अभाव भएको छ । कर्मचारी अभावको मारमा भने गाउँपलिकाहरु नै परेका छन ।

त्यसै गाउँपलिकामध्येको एक हो नुवाकोटको किस्पाङ्ग गाउँपलिका रहेको छ । किस्पङ्ग गाउँपालिका अध्यक्ष छत्र लामाले बितेका दुई वर्ष गाउपालिकामा निति निर्माण बनाउँन र जनशक्ति अभाव हुदाँ कर्मचारीको खोजिमा नै समय बितेको बताउनुभएको छ । नुवाकोट जिल्लाको भौगोलिक दुष्टिकोणले हेर्ने हो भने अरु गाउँपालिकाको तुलनामा बिकट मानिने किस्पाङ्ग गाउँपलिकामा भएगरेका कर्मचारी पनि कर्मचारी समायोजन पछि प्रदेश र केन्द्रमा नै गए पछि जाने मात्र काम भएको र आउनु पर्ने कर्मचारी केन्द्र सरकारले नपठाए पछि गाउँपलिकामा कर्मचारीको झनै अभाव भएको हो ।

कर्मचारी समायोजनपछि ५ वटा वडा रहेको किस्पाङ्ग गाउँपालिकामा एक सचिवले ५ वटा वडा नै हुर्नुपरेको र गाउँपालिकामा योजना, लेखा, प्रशासन, कृषि लगाएतका कार्यालय कर्मचारी बिहिन भएका छन । दुई महिना देखि भएका कर्मचारी लाई पनि लेखा शाखाका प्रमुख नहुदाँ कर्मचारी लाई तलब दिन समेत समस्या भएको अध्यक्ष लामाले बताउनुभएको छ ।

भौगोलिक बिकटताको कारण बिकासको मेरुदण्ड मानिने सडककै बिस्तार हुन नसक्दा अरु बिकास निर्माणले प्राथमिकता पाउन नसकेको अध्यक्ष छत्र लामाले बताउनुभएको छ । स्थानिय स्रोत साधनको पनि अभाव भएको र गाउँपालिकाका केहि पर्यटकिय स्थान भएता पनि सडक बाटोको बिस्तार हुन नसक्दा पर्यटक प्रवद्र्धन समेत गर्न नसकिएको लामाले बताउनुभयो ।