वनमा आगो लगाउने पक्राउ

0
Shares

सल्यान, (नेस)
बनमा आगो लगाउदै गरेको अबस्थामा सल्यानमा एक जना पक्राउ परेका छन । जिल्लाको शारदा नगरपालिका–२ स्थित आमा चौतारी नजिक बनमा आगो लगाइराखेका एक जनालाई शसस्त्र प्रहरी वल सल्यानले नियन्त्रणमा लिएको हो ।

वडा नम्बर २ का ५९ बर्षिया तिर्थ बहादुर खाडलाई आगो लगाउदै गरेको अबस्थामामा बनबाट पक्राउ गरेको शसस्त्र प्रहरी बल एपिएफ सल्यानका प्रहरी प्रमुख बिमल डाँगीले बताउनु भएको छ । खाँडले लगाएको आगो भने नियन्त्रणमा आएको छ ।

यसैबीच आगलागीमा परि घाइते भएका एक जनाको ज्यान गएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाँडाका ४७ बर्षिय खगेन्द्र बोहराको उपचारको क्रममा ज्यान गएको हो ।