प्रहरी कार्यालयलाई १० वटा टेलिभिजन

0
Shares

काभ्रे, (नेस)
धुलिखेल नगरपालिकाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई टेलिभिजन उपलब्ध गराएको छ ।

प्रहरी कार्यालयका हिरासत कक्ष, जवान कक्ष, जुनियर प्रहरी अधिकृत कक्ष, अधिकृत कक्ष र वेटिङ्ग कक्ष समेतलाई पुग्ने गरी नगरपालिकाले ३२ इन्चका रगिन पर्दा भएका १० वटा टेलिभिजन उपलबध गराएको हो ।

धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले देशभर रहेका प्रहरी हिरासत कक्षहरुलाई प्रविधि मैत्री र मनोरञ्जनका हिसावले पनि उपयुक्त बनाउन धुलिखेलमा रहेको जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा टेलिभिजन प्रदान गरिएको बताउनु भयो । १० वटा टेलिजिनले प्रहरी कार्यालयका सबै कक्षहरुमा मनोरञ्जन प्रदान गर्नेछ ।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले धुलिखेलमा निर्माण सम्पन्न भएका भवनहरुको उद्घाटन गरेको अवसरमा बैशाख २५ गते बुधबार मात्रै नगर प्रमुख ब्याञ्जुले भवनहरुको अवलोकन पश्चात टेलिभिजन उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले धुलिखेल नगरपालिकालाई धन्यवाद दिदै नेपालमै पहिलो पटक स्थानीय सरकारले हिरासत कक्षलाई प्रविधिमैत्री बनाउन हिरासतमा रहेका ब्यक्तिहरुको जीवनमा ऊर्जा प्रदान गर्ने उदेश्यले टेलिभिजन प्रदान गरेकोमा सदुपयोग हुने बताउनु भयो ।