विष्टविरुद्ध अख्तियारमा मुद्दा

0
Shares

धनगढी, (नेस)
जोशीपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा आर्थिक अनियमितता गरेको भन्दै नारायणबहादुर विष्ट विरुद्ध अख्तियारमा मुद्दा परेको छ । सोही गाउँपालिकामा रहँदा पदीय दुरुपयोग गर्दै गैरकानुनीरुपमा कर्मचारी भर्ना गरेको देखि लिएर विभिन्न विकासका नाममा भ्रष्टाचार गरेको भन्दै गत महिना अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगर, जिल्ला प्रशासन कैलाली लगायतमा मुद्दा दर्ता गरि अन्य सरोकारवाला निकायमा बोधार्थ पठाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत विष्टले गैरकानुनीरुपमा काम गरेको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बैशाख पहिलो साता मन्त्रालयमा तानेको थियो । तर विष्टले मन्त्रालयका कर्मचारीहरुलाई मिलाएर एक महिना नहुँदै कैलालीकै जानकी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत मात्रिका भट्टराईलाई मन्त्रालय तान्न लगाएर आफू आएका छन् ।

आर्थिक चलखेलमा महिर मानिने विष्टले यस पटक पनि जोशीपुरबाट सरुवा नगराउन ठूलै कसरत गरेका थिए तर सर्वत्र विरोध भएपछि उनी मन्त्रालय गएका थिए । मन्त्रालयमा पिएन देखि सचिवसम्म सवैसंग लाईन मिलाएको छु मलाई कसले सरुवा गर्नसक्छ भन्दै फुर्ति लगाउँदै हिड्ने गरेका थिए ।