समाचार प्रभाव: ठिल्लेसाङ्मुले बल्ल पाइन् पुस्तक

0
Shares

बीरबहादुर बम, मुगु
गाउँघरमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने मुगुमकाम रोगं गाउँपालिका माग्री गाउँकी ८ वर्षीया ठिल्लेसाङमू लामाले शैक्षिक सत्र शुरुभएको तीन सातापछि पुस्तक पाएकी छन। प्रधानमन्त्रीकी छोरीले पस्तक पाइनन्, पुस्तकबिना बिद्यालय जान्छिन् भन्ने खबर समाचार नेपाल समाचारपत्रमा प्रकाशित भएपछि विद्यालयमा भएको पुस्तकालयमा राखिएका कक्षा २ को पुस्तकसहित झोला उपलव्ध गराइएको हो। गत वर्षको कर्णाली रारा पर्यटक वर्ष २०७५ को शुभारम्भसँगै विद्यार्थी भर्ना अभियानको शुरुआतका समयमा प्रधानमन्त्री केपी शर्मा ओली अभिभावकत्व ग्रहण गर्दै ठिल्लेसाङमु लाई विद्यालयमा भर्ना गराउनुभएको थियो ।

कक्षा १ मा प्रथम भई बैशाख २ गते बुद्ध माध्यमिक विद्यालयमा कक्षा २ मा भर्ना भएकी ठिल्लेसाङमुको हातमा किताब बल्ल एक महिनापछि किताब पुगेको छ। उनी कक्षा १ मा ८३ प्रतिशत अंक ल्याएर प्रथम बनेकी थिइन। उनी मात्र होइन प्रधानमन्त्री पत्नी राधिका शाक्यले भर्ना गराउनुभएको छिरिङछोन्जुङ लामाले पनि पाठयपुस्तक र झोला पाएकी छन। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सुर्य बहादुर खत्रीका अनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यले विद्यालयमा भर्ना गराउनुभएको छिरिङछोन्जङ लामा अहिले कक्षा ३ मा भर्ना भएकी छन। पुस्तक पाएपछि दुवै जनालाई सहज भएको छ। उनीहरू विद्यालय जान आनकानी गर्ने भए पनि आजभोलि नियमित विद्यालय जाने गरेका ठिल्लेसाङमुका हजुरबुबा कार्माछेवाङ लामाले बताउनुभयो।

ठिल्लेसाङमुका हजुरबुबा कार्माछेवाङ लामाले नातीनिलाई आजभोलि जेनतेन पढाउन समस्या नभए पनि उच्च शिक्षा पढाउने अबस्था नभएको गुनासो गर्नुभयो । ’प्रधानमन्त्रीले विद्यालय भर्ना गरीदिनुभयो। त्यसै अनुसार उच्च शिक्षासम्म पढ्ने वातावरण मिलाई दिए अझै राम्रो हुन्थ्यो’,. उहाँले भन्नुभयो– ‘नातिनी पढाइमा तेज छिन गरिबीका कारण हामीहरू उसलाई उच्च शिक्षासम्म पढाउन सक्ने अवस्थामा छैनौं।’

जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख सूर्यबहादुर खत्रीका अनुसार शैक्षिक सत्र शुरु भएको तीन साता पछि किताब पुग्नुले ढुवानीमा जिम्मा लिएकाहरूको कमजारीले यस्तो समस्या आएको बताउनुभयो ।उहाँले भन्नुभयो– ‘खत्याड गाउँपालिमाा यसअघि नै पुस्तक पुगिसेका थिए। अन्य छायाँनाथ रारा नगरपालिका, सोरु र मुगुमकामारोंगं गाउँपालिमा पुस्तक पुगेका थिएनन्।’

अब पुस्तक आइपुगेका र जिल्लाबाट स्थानीय तहसम्मका विद्यालयमा पुस्तक लिने क्रम जारिरहेको इकाई प्रमुख खत्रीले जानकारी दिनुभयो। अहिलेसम्म ७५ प्रतिशत विद्यालयका शिक्षककले विद्यालय पुस्तक लिइसकेको उहाँले बताउनुभयो ।