हावाहुरीले ११ घरमा क्षति

0
Shares

इन्द्र गिरी, संखुुवासभा
संखुवासभाको धर्मदेवि नगरपालीकामा पानी संगै एक्कासि आएको हावाहुरीले ११ घरमा ठूलो क्षति पु¥याएको छ । हावाहुरीले करिव २ करोड बरावरको क्षति पुर्याएको धर्मदेवि नगरपालीकाले जनाएको छ ।

आइतवार राती आएको हावाहुरीले धर्मदेवि ३ तामाफोकका ओम जिमि, मछेम जिमि, कविन जिमि, योगेन्द्र जिमि, र सुर्यमान जिमिको घर पुर्ण क्षति भएको छ भने अन्य ६ घरमा आंिसक क्षति पुर्याएकोे धर्मदेवि नगर प्रमुख रमेश जिमिले बताउनु भयो ।

हावाहुरीले ५ जनाको घर बस्ने नहुने गरी भत्काएको र अन्य ६ जनाको घरको छानो उडाएको छ । अन्य साना गाईबस्तु बाध्ने कटेरा समेतमा धरै क्षति पुर्याएको बताउनु भयो । हावा हुरी संगै आएको असिना पानीले धर्मदेवि नगरपालीका क्षेत्रमा अलैचि, तरकालीबाली र नगदेवालीमा समेत नराम्ररी क्षति पुर्याएको नगर प्रमुख जिमिले बताउनु भयो ।

नगर प्रमुख जिमिले हावा हुरी र असिना पानीले पुर्याएको क्षतिको विवरण नगरपालीका क्षेत्र भित्रका गाउ गाउबाट आउने क्रम जारी रहेको र अहिले सम्म घर, अलैचि, तरकारी लगायत नगदेवाली मकै, धान वालीमा करिव २ करोड बराबरको क्षति भएको अनुमान गरिएको थप नगरप्रमुख जिमिले जानकारी गराउनु भयो । हावा हुरी पिडीतलाई तत्काल बस्नका लागी नेपाल रेडक्रसले पाल कम्मल र नगरपालीकाले राहत सामग्री वितरण गरिएकोे छ ।