किंग्स लाउन्जमा पूर्व राजा ज्ञानेन्द्रको तीन घण्टा

0
Shares

काठमाडौ । दरबार मार्गमा सञ्चालनमा रहेको किंग्स लाउन्जमा पूर्व राजा ज्ञानेन्द्र शाहले परिवार सहित ३ घण्टा समय बिताउनुभयो । गत शुक्रबार पूर्व राजा ज्ञानेन्द्र शाहले पूर्व राज परिवारका सदस्य तथा आफन्तासँग ह्याप्पी फ्राइडे मनाउनु भएको छ ।

श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा पुर्व राजा ज्ञानेन्द्र किंग्स लाउञ्ज पुग्नुभएको थियो । झण्डै ४० जना आफन्तको साथमा किंग्स लाउन्ज पुग्नु भएका ज्ञानेन्द्रले पुरै तीन घण्टा समय बिताउनुभएको थियो ।
सुट पाइन्ट लगाएर औपचारिक शैलीमा किंग्स लाउन्ज पुग्नु भएका पूर्व राजा ज्ञानेन्द्र हर्षित मुद्रामा देखिनु भएको थियो ।

साँझ झण्डै साढे ७ बजे सुरक्षाकर्मीको बाक्लो उपस्थितीका बीच दरबारमार्ग पुग्नु भएको थियो । सो अवसरमा ज्ञानेन्द्र शाह र उहांका परिवारका सदस्यहरुले लाउन्जमा उपस्थित फ्यानहरुसित फोटोसमेत खिचाउनुभएको थियो । शाहलाई किंग्स लाउन्ज सञ्चालक तथा व्यवस्थापनका साथै सर्वसाधारणहरुले स्वागत गरेका थिए ।

पूर्वराजपरिवारका तर्फबाट पहिले नै रेस्टुरेन्ट बुकिङ गरिएको थियो । पूर्व राजा सहभागी उक्त दिन लाउन्जमा किंग्स ब्याण्डका राकेश खालिङ, अन्जली राई लगायतले विभिन्न मौलिक नेपाली गीत संगितहरु प्रस्तुत गरेका थिए ।

दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्ज सुरक्षितका साथै पारिवारिक वातारणमा संचालमा रहेकाले दिनहुँ जसो हाई प्रोफाइल सेलिब्रेटीहरु समेत संगितका साथै स्वादिष्ट भोजनको आनन्द लिन पुग्ने गरेका छन् ।

लाउन्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल परिकार हरेक दिन फरक फरक स्वादमा आन पाइन्छ । बिहान ११ बजेदेखि राति साढे १२ बजेसम्म संचालन हुने लाउञ्जमा साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु समेत संचालन हुने गरेका छन् ।