पार्क भिजेल रिर्सोटमा चोरी

0
Shares

काठमाडौ (नेस) । बुढानिलकण्ठ नगरपालिका ३ स्थित पार्क भिलेज रिसोर्टका ४ वटा कोठामा बसेका व्यक्तिहरुको विभिन्न धनमाल चोरी भएको छ ।

उक्त रिसोर्टको कोठा नम्बर ९०२ मा बसेका डम्बर गुरुङको नगद १५ हजार, हेन्डब्याग तथा एटिएम कार्ड २ थान, कोठा नम्बर ९०४ मा बसेका नेपाली मूलका भारतीय नागरिक भि बहादुर प्रधानको भारतीय रुपैयाँ ५ हजार, ड्राइभिङ लाइसेन्स, पासबुक, एटिएम कार्ड तथा हेन्डब्याग, कोठा नम्बर ९०६ मा बसेका नेपाली मूलका भारतीय नागरिक संजय तामाङको नगद ४ हजार, मोबाइल १ थान तथा लाइसेन्स, कोठा नम्बर ३११ मा बसेका नेदरल्याण्ड नागरिक एलिसन इलालिमनको नगद ५ हजार, ड्राइभिङ लाइसेन्स, क्रेडिट कार्ड तथा आईफोन र अमेरिकी नागरिक क्रिस्ट्रिना उइल हेल्मी निमाको आईफोन चोरी भएको बताइएको छ ।