मोटरसाइकल चोरी गर्ने पक्राउ

0
Shares

काठमाडौं(नेस) । गोकर्णश्वर नगरपालिका ८ अत्तरखेलमा पार्किङ गरी राखेको प्रदेश नम्बर ३–००२–००३ प.८१३१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा कागेश्वरी नगरपालिका–१ गागलफेदीबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–५ पालुवारी घर भएका तिलक बहादुर तामाङ, सोही नगरपालिका ४ जर्सिङपौवा बस्ने निराजन ओझा र गागलफेदी बस्ने महोम्मदसजाद खान रहेका छन् ।

उक्त मोटरसाइकल शनिबार चोरी गरी सोही ठाउँमा रहेको मर्मत केन्द्रमा लुकाईछिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बिट गागलफेदी समेत खटिएको प्रहरीले कागेश्वरी नगरपालिका १ स्थित मोटरसाइकल मर्मत केन्द्रमा जाँच गर्ने क्रममा उक्त मोटरसाइकलका पार्टपूर्जाहरु अलग्याईएको अवस्थामा फेला पारेको हो ।

मर्मत केन्द्रबाट अन्य मोटरसाइकलका विभिन्न पार्टपूर्जा समेत प्रहरीले बरामद गरेको छ ।