मृगौलामा क्षति पु-याउने लुपसको बारेमा चर्चा

0
Shares

काठमाडौ । विश्व लुपस दिवसका अवसरमा नेपाल नेशनल अस्पताल र मार्क इन्टरनेशनल किड्नी सेन्टरको आयोजनामा लुपस रोगको बारेमा एक अन्तरकृया कार्यक्रम आयोजना ग¥यो । लुपस रोगका बारेमा मृगौला रोग विशेषज्ञ डा.अर्चन समशेर राणाले जानकारी गराउनु भएको थियो ।

सो रोगका बारेमा नेपालमा खासै चर्चा नभए पनि समस्या भने प्रसस्त रहेको पनि उहाँले जानकारी गराउनुभयो । लुपस एउटा अटोमियन डिजिज हो, जसमा आफ्नो शरिरको कोषले आफ्नै शरिरको अन्य कोषहरुलाई क्षति पु¥याउँछ । तर यो क्यान्सर या संक्रमित रोग होइन । यो रोग पुरुषको तुलनामा महिलामा नौ गुना बढी हुन्छ । यो रोग १५ देखि ४९ बर्षका महिलाहरुमा बढी हुन्छ । यो पत्ता लगाउने तरिका अमेरिकन रोम्याटोलोजी एशोसियसनले बनाएको विधि (क्राईटेरिया) छ । यसमा ११ वटा लक्षण छन जसमा ४ वटा भन्दा माथी मिलेमा लुपस भन्ने निश्चित गर्न सकिन्छ ।

अमेरिकाको चर्चित गायीका सेलिना गुरेजलाई पनि लुपसको समस्या भै मृगौलाको समस्या भएकाले सन् २०१८ मा मृगौला प्रत्यारोपण गरिएको विदेशी संचार माध्यमहरुमा समाचार आएको थियो । रोगले कसैलाई पनि छोड्दैन र यो रोग लाग्नासाथ मृगौलामा नै गम्भिर सस्या देखा पर्छ ।

सन् २०१० मा लुपसको समस्या भएर नेपाल, भारत लगायत थुप्रै ठाउँमा पिडादायी क्षणको भोगाईसँगै उपचार गराएको अनुभव छ रिना जोशीसँग छ । उहाँ भन्नुहुन्छ—स्वास्थ्य समस्या भयो रोग पत्ता नलाग्दा लामो समय पेनकिलर खाएर बसे जब नेफ्रोलोजिष्ट डा.दिब्या शाहले लुपसको परिक्षण गर्न सल्लाह दिनुभयो समस्याको पहिचान भयो र उपचार गराउँदै आएको छु ।

अर्को बिरामी बबिता बुढाथोकी भन्नुहुन्छ— रोग पहिचान भएको १८ बर्ष भयो । म आफै नर्स भएका कारण जोर्नीहरुको दुखाई लगायतले पिडा भएको थियो । रोग पहिचान हुन भने समय लागेन र उपचार पनि समयमै भएकाले आफुलाई स्थिर राख्न सफल भएको छु । खानपानमा बजारको भन्दा पनि घरकै खानामा जोड दिँदै आएको छु । जंकफुडहरु पुरै बारेको छु ।