जुवाडे बिरुद्ध प्रहरी अपरेशन तीव्र

0
Shares

काठमाडौ । प्रहरीले छुटाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ८१ हजार ३५ रूपैयाँ र १० बुक तास सहित २३ जना पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग गोगंबुले जुवातास खेलिरहेको अवस्थामा नगद ७१ हजार ५ सय ५५ रूपैयाँ सहित ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले यही बैशाख ३० गते १६स्०० बजे काठमाण्डौ महानगरपालिका( २६ मित्रनगरबाट सुनसरी उपमहानगरपालिका(२३ घर भएका वर्ष ३४ को हरि लिम्बुले संचालन गरेको हार्मो्नियम गेष्ट हाउसमा जुवा तास खेलीरहेको अवस्थामा गेष्ट हाउस संचालक हरि लिम्बु सहित ६ जना पुरुष र ३ जना महिला सहित ९ जना पक्राउ गरेको छ । उनीहरूको साथबाट नगद रु. ७१ हजार ५ सय ५५ रूपैयाँ र ४ बुक तास बरामद गरेको छ ।

साथै महानगरीय प्रहरी वृत स्वयम्भूले जुवातास खेलिरहेको अवस्थामा ८५ हजार ६ सय रूपैयाँ सहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले नागर्जुन नगरपालिका २ गैरीगाँउमा सिंह बहादुर तामाङले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा खाजा घर संचालक सिंहबहादुर तामाङ सहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ३ बुक तास र ८५ हजार ६ सय रूपैयाँ बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

यसैगरी महानगरीय प्रहरी वृत बालाजुले जुवातास खेलिरहेको अवस्थामा २३ हजार ८ सय ८० रूपैयाँ सहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले बालाजु बसन्तनगरमा लमजुङ घर भएका देउ कुमारी गुरुङले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा खाजा घर संचालक देउ कुमारी गुरुङ सहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ३ बुक तास, नगद २३ हजार ८ सय ८० रूपैयाँ बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।