दिगो विकासको अवधारणालाई बजेटले आत्मसात गर्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकासको अवधारणालाई बजेटले आत्मसात गर्ने बताउनुभएको छ । उहा“ले मुलुकको समृद्धिलाई समाजवादतर्फको बाटोमा अघि बढाउने गरी बजेट आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे सांसदबाट उठेका प्रश्नको जवाफ दि“दै अर्थमन्त्री खतिवडाले द्वन्द्व नबढाउने, शान्ति प्रक्रियालाई बलियो बनाउने, असमानता घटाउने, पु“जीले श्रमको शोषण नगर्ने र भएको आर्थिक वृद्धिको समन्यायिक वितरणलाई नै बजेटले आत्मसाथ गर्ने बताउनुभएको हो । उहा“ले क्षेत्रगतभन्दा नीतिगत प्राथमिकतालाई बजेटले आत्मसाथ गर्ने स्पष्ट पार्नुभयो ।

खासवर्ग र क्षेत्रबाट निर्देशित आर्थिक वृद्धि अर्थात वित्तीय पु“जीवाद र प्रविधिमा आधारित पु“जीवादले श्रमको शोषण गर्ने भएकाले दिगो नहुने दाबी उहा“ले गर्नुभयो । आर्थिक वृद्धिको आधार फराकिलो भएमात्रै दिगो विकास हुने उल्लेख गर्दै उहा“ले आर्थिक वृद्धि स“गस“गै सामाजिक न्याय र वितरण प्रणाली तथा सबैलाई सामाजिक संरक्षण र सुरक्षाजस्ता राज्यका निर्देशक सिद्धान्तबाट नै बजेट निर्देशित हुने स्पष्ट पार्नुभयो ।

सरकारले अपनाएको राजनीतिक, आर्थिक प्रणाली तथा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धभित्र रहेर बजेटको मोडल तयार गर्नुपर्ने बताउनुभयो । संविधान र राज्यको निर्देशक सिद्धान्तअनुसार नै बजेटको मोडल तयार गरिने भन्दै उहा“ले त्यो मोडलले मुलुकको समृद्धिलाई समाजवाद तर्फको बाटोमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । आर्थिक वृद्धि बिनाको वितरण गरिबीको मात्रै वितरण हुने, आर्थिक वृद्धि न्यायोचित नभए दिगो नहुने र अन्ततः त्यसले बढाउने असमानताले द्वन्द्व निम्त्याउने तर्क उहा“ले गर्नुभयो ।

उहा“ले वित्तीय संघीयता कार्यान्वयन गर्ने तथा स्रोतको बा“डफा“डको विषयमा आवश्यक कानुन बनेकाले यसले विस्तारै पूर्णता पाउने बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र परिपूरक भूमिका अनुसार नै आर्थिक र राज्य प्रणाली सञ्चालन हुने तथा आयोजना कार्यान्वयनका सम्बन्धमा निश्चित मापदण्ड बनाएर अघि बढ्ने स्पष्ट पार्नुभयो । उहा“ले साधन, स्रोत, जनसंख्या र भूगोल तथा मानवविकास सूचकांक लगायतलाई आधार बनाउदै सन्तुलित बजेट आउने विश्वास दिलाउनुभयो ।