आजबाट एकल बिन्दू सेवा, १२ निकायका काम एकै ठाउँबाट

0
Shares

दीपेन्द्र थापा, काठमाडौं
लगानीकर्ता र व्यवसायीलाई विभिन्न किसिमका सेवा एकै ठाउ“बाट दिने उद्देश्यले औद्योगिक व्यवसाय ऐन २०७३ अन्तर्गत व्यवस्था भएको एकल बिन्दू सेवा कार्यालय आजबाट सञ्चालनमा आउने भएको छ। उद्योग विभागको त्रिपुरेश्वरमा निर्माणाधीन भवनको भुईतल्लालाई एकल बिन्दू कार्यालय स्थापना गरेर सेवा दिन लागिएको हो।

एकल बिन्दू सेवा कार्यालय स्थापनाका लागि पूर्वाधार तथा प्रशासनिक संरचना तयार भइसकेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिनुभयो। सिंहले जेठ १ गते बिहान उक्त सेवाको औपचारिक शुरुवात गरिने र बुधबारबाट नै सबै सेवाग्राहीले सबै सेवा पाउने बताउनुभयो। उक्त कार्यालयमा भुमिसुधार, नापी, विभाग भन्सार, कम्पनी रजिस्ट्रार कार्यालय, सामान्य प्रशासन, वाणिज्य, अध्यागमन विभाग लगायतका एक दर्जनब बढी सरोकार कार्यालय रहने छन् ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै एकल बिन्दू सेवा जेठ १ गतेबाट नै सञ्चालनमा ल्याउने घोषणा भएपछि कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापनको काम हतार–हतारमा सकाएको महानिर्देशक सिंहको भनाइ छ। ‘कार्यालय स्थापना गर्ने त भन्यौं, तर धेरै काम गर्न बा“की थियो। कार्यालय राख्ने भनेको ठाउ“ नै बनिसकेको थिएन। मन्त्रालयस“ग छलफल गरेर कर्मचारी व्यवस्थापनलगायतका विषयहरु टुंग्यायौं,’ उहा“ भन्नुभयो।

अघिल्लो साता राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जेठ १ गतेदेखि एकल बिन्दू सेवा केन्द्र स्थापना हुने बताउनु भएको थियो। ‘लगानीकर्ताका लागि आवश्यक सबै सेवा छिटो छरितो रूपमा एकै ठाउ“बाट उपलब्ध गराइनेछ, नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ।’

औद्योगिक व्यवसाय ऐन, २०७३ ले एकल बिन्दू सेवा सम्बन्धी व्यवस्था गरेको छ। ऐनले ‘उद्योग वा लगानीकर्तालार्ई प्राप्त हुने छुट, सुविधा वा सहुलियत र उद्योगको लागि आवश्यक पर्ने पूर्वाधार सम्बन्धी सेवा समयमै सरल र सहज रुपमा एकै थलोबाट उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी एकल बिन्दु सेवा केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याउन सक्नेछ’ भनी उल्लेख गरेको छ।

एकल बिन्दू सेवा के का लागि ?
औद्योगिक व्यवसाय ऐनअन्तर्गत उद्योगले पाउने छुट, सुविधा वा सहुलियत प्रदान गर्ने निर्णय गरी सोको कार्यान्वयन गर्ने वा गराउने, उद्योगलाई आवश्यक पर्ने विद्युत्, पानी, दूरसञ्चारका साधन, जग्गा, सडक जस्ता पूर्वाधार सेवा उपलब्ध गराउने सम्बन्धमा समयबद्ध व्यवस्था गर्न आवश्यक निर्णय गरी सोको कार्यान्वयन गर्ने, गराउनेलगायतका काम एकल बिन्दु सेवामार्फत गर्न सकिनेछ।

औद्योगिक व्यवसाय तथा लगानीका क्षेत्रमा प्रशासनिक काम गर्ने सरकारका विभिन्न १२ वटा मातहतका निकायले एकल बिन्दुसेवा कार्यान्वयनमा आएपछि एकै ठाउ“बाट सेवा प्रवाह गर्नेछन्। समग्रमा एकल बिन्दू सेवा भनेको ‘नेपालमा लगानी गर्ने कम्पनीलाई लगानीमैत्री वातावरण तयार गर्न तथा उद्योगधन्दा विकास गर्नका लागि चाहिने प्रशासनिक कार्यको काम एउटै थलोबाट गर्ने भन्ने अवधारणा हो’–महानिर्देशक सिंह भन्नुहुन्छ। स्वदेशी तथा विदेशी लगानीमा नेपालमा स्थापना हुने गरी आउने उद्योगले सबै कानुनी आधार पूरा गरिसकेपछि जुन बिन्दूमा सेवाग्राहीले फाइल दर्ता गरेको छ त्यही बिन्दुमा सरकारी प्रक्रिया पूरा भएको प्रमाणपत्र पनि पाउने छन्,‘ उक्त सेवाका बारेमा थप प्रस्ट पार्दै उहा“ले भन्नुभयो ।

लगानीको वातावरण सहज र छरितो बनाउने अपेक्षा
मुलुकभित्रैका निजी क्षेत्रले होस् वा विदेशी लगानीकर्ताले होस्, नेपालमा लगानीको वातावरण बन्न नसक्नुमा प्रशासनिक काम कारबाहीमा हुने ढिलासुस्ती एक प्रमुख रहेको धारणा बनाउ“दै आएका छन्।

लगानीकर्ताको यही धारणा चिर्नका लागि नै सरकारले एकल बिन्दू सेवा ल्याउने परिकल्पना गरेको हो। एउटा कम्पनी स्थापना र त्यसपछिका प्रशासनिक काममा हुने उल्झन र व्यवधान धेरै रहेको र लगानीमैत्री वातावरणको माग गरिरहेको बेला एकल बिन्दू सेवाले उद्योग स्थापना गर्नको लागि थप सहज हुने र वैदेशीक लगानी भित्रिने विश्वास सरकारले लिएकोे छ।

नेपालमा आउने वैदेशिक लगानीलाई मध्यनजर गरी छुट्टै कार्यालय विस्तार गर्नुभन्दा उद्योग विभागको शाखाको रुपमा रहने एकल बिन्दू सेवा कार्यालयलाई नै त्यसको जिम्मेवारी दिन सकिने गरी पनि कार्यालयको कार्यक्षेत्र तोकिएको छ।

लगानी सम्मेलनको केही अगाडि मात्र संसदबाट स्वीकृत भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐनले पनि विदेशी लगानी प्रोत्साहन गर्ने उद्देश्यले एकल बिन्दू सेवा केन्द्र स्थापना गर्ने विषयलाई प्राथमिकतामा राखेको थियो।

लगानी सम्मेलनका क्रममा नेपालका तर्फबाट अधिकांश वक्ताले एकल बिन्दू सेवा सरकारले लागू गर्न लागेको र यसकारण लगानीकर्ताले एउटै कामका लागि विभिन्न निकाय धाउनपर्ने अवस्थाको अन्त्य हुन लागेको धारणा राखेका थिए।