क्रिकेटर सन्दीपको घरमा नयाँ सदस्यको आगमन


काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर आइतबार स्वदेश फर्किएका यूवा लेग स्पिनर सन्दीप लामिछानेले झन्डै १० लाख खर्चेर नयाँ बाइक किनेका छन्।

मंगलबार उनले सामाजिक सञ्जालमा आफ्नो परिवारमा नयाँ सदस्य थपिएको भन्दै बाइकको तस्बिर सार्वजनिक गरेका छन्।

बिएमडब्लु कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको उक्त बाइकको नेपाली बजारमा ९ लाख ७५ हजार रूपैयाँ पर्छ।

बिएमडब्लुको आधिकारिक बिक्रेता हिमालयन मोटराड नारायणचौर नक्सालका व्यापार प्रतिनिधिले विजेश थापाका अनुसार सन्दीपले सोमबार सोही सो रूमबाट बाइक किनेका हुन्।