टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराद्धारा अथिति सत्कार होमस्टे अवलोकन


टंक अधिकारी, पोखरा ।  टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराद्धारा मनास्लु र धौलागिरी हिमाल आरोहण दिबसको अवसरमा अथिति सत्कार होमस्टे भकुण्डेको अवलोकन गरेको छ ।

बार्षिक कार्यक्रम अन्तर्गत टे«किङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले बाग्लुङको भकुण्डेमा रहेको अथिति सत्कार होमस्टे प्रर्वधनका लागि दुई दिने भ्रमण गरेको हो । भ्रमणका क्रममा टानले होमस्टे प्रवर्द्धनका लागि औपचारिक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले मिनी नेपाल जिल्लको रुपमा चिनिएको बाग्लुङ प्राकृतिक हिसाबले राम्रो रहेपनि पर्यटन भित्राउन नसक्नु दुखत भएको बताउनुभयो । उहाँले बाग्लुङ जिल्लाको पर्यटन प्रवधका लागि प्रदेश मन्त्रालयमा कुरा राख्दै आईरहेको र निजी संघ संस्थाहरुले पनि यस जिल्लामा पर्यटकको आगम बढाउन अहम भूमिका खेल्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा बाग्लुङ नगरपालिका का नगर प्रमूख जनकराज पौडेलले सरकारको पर्यटकीय गन्तव्यको १०० सूचिमा पर्न सफल भकुण्डे पर्यटको लागि उपयुक्त गन्तव्य भएको र निजी क्षेत्रले पचार प्रसार गरी यस क्षेत्रमा पर्यटको आगमन बढाउनुपर्ने बताउनुभयो । उहाँले पर्यटको सहजताका लागि सडक मार्गलाइ छिटो भन्दा छिटो बनाउने बताउनुभयो ।
पर्यटन मन्त्रालय गण्डकी प्रदेशका पर्यटन शाखा प्रमूख कृतनराज पौडेलले पर्यटनको संख्या बढाउने भन्दा पनि गुणात्मकतामा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले मन्त्रालयले गण्डकी भ्रमण वर्ष सन् २०१९ लाइ लक्षित गरि पर्यटन प्रवर्धका लागि विभिन्न छलफल तथा कार्यक्रमहरूको बनाएको बताउनुभयो ।

यस्तै पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जवि पोखरेलले भकुण्डे गाउँ एक प्राकृितक सुन्दरताले भरिपूण रहेको र यस ठाउँमा पर्यटको आगमन वृद्धि  गर्न सडक यातायतको सहज आवतजावत हुनुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेशको समृद्धिको मूख्य आधार पर्यटन भएको र त्यसको प्रवद्धनको मूख्य हिसा निजि क्षेत्र हो भन्ने सबैले बुझनु पर्ने बताउनुभयो ।टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष हरि भूजेलले होमस्टेमा पाहुनालाइ गर्नुपर्ने स्वागत, शिष्ट बोलि, तथा आथित्यता जस्ता कुराहरूमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्यटन  बोर्ड गण्डकी प्रदेश कार्यालय का प्रमूख मणीराज लामिछाने, बाग्लुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्मा, नेपाल पत्रकार महासंघ बाग्लुङ शाखाका अध्यक्ष देल श्रेष्ठ, भकुण्डे होमस्टेका अध्यक्ष खिम बहादुर थापाले भकुण्डे होमस्टे का बारेमा बोल्नुभएको थियो । कार्यक्रममा संघमा आबद्ध सदस्य बिभिन्न संघ संस्थाका अध्यक्ष,प्रतिनिधी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
टानले बिगतका वर्ष झै मे ९ मा मनास्लु र मे १३ मा धौलागिरी हिमाल आरोहण दिबसको अवसरमा अथिति सत्कार होमस्टे भकुण्डेलाइ स्टेचर तथा नगद १५ हजार सहयोग गरेको थियो। भने टानले आयोजना गरेको एक रात दुइ दिने घरबास कार्यक्रको प्रबर्धक नेपाल पर्यटन बोर्ड पोखराले गरेको थियो भने पर्यटन मन्त्रालय गण्डकी प्रदेश, बाग्लुङ नगरपालिका तथा अथिति सत्कार होमस्टे भकुण्डेले सहयोग गरेका थिए ।