विद्यार्थिहरुलाई शैक्षिक सामाग्री वितरण


सरस्वति न्यौपाने, रसुवा ।
जिल्लाको नौकुण्ड गाउँपालिकाको ल्हच्र्याङ गाउँमा अवस्थित ल्हाच्र्याङटर प्रा.वि. ६० विद्यार्थिहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

दिदि वहिनि कल्याण समाज नेपाल स्याफ्रुबेशी र होल्मो हेल्पिङ हेन्ड््सको संयुक्त आयोजनामा ल्हाच्र्याङटर प्रा.वि. का ६० विद्यार्थि र यार्सा गाउँको प्रा.वि. का विद्यार्थिहरु लाई समेत शैक्षिक सामाग्री तथा खेलकुद का सामाग्री वितरण गरिएको अध्यक्ष मेनडोल्मा स्याङबाले बताइन ।

अध्यक्ष स्याङबाका अनुसार कपि ७२ दर्जन, पेन्सिल ७२ दर्जन , मन्जन ७२ थान , ब्रस ७२ थान, टिफिन बाक्सा ६० थान , पानि खाने बोतल ३५ थान, कलर ६० थान बाकी खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।यस दिदि बहिनि कल्याण समाज द्धारा आयोजित २०७५ सालको देउसी भैलोबाट सङकलन भएको रकमबाट नै यस्तो कार्य गरिएको बताइन ।

दुर दराजमा रहेका ग्रामिण भेग का विद्यार्थिहरुलाई सानो सहयोगले पनि ठुलो सहयोग पुग्ने र आत्मबल वृद्धि भई शिक्षा क्षेत्रमा केहि सुधार हुने मा विश्वस्त भई नितान्त निश्वार्थ भावले सहयोग गरेको मा रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ ले बताए ।

सानो सहयोगले त्यहाँ का विद्यर्थि लाई हौसला पुग्ने हुदा आगामि दिन हरुमा पनि यस्तै सहयोग गर्ने बताइएको छ ।