बजेटमा क्षेत्रगतभन्दा नीतिगत पक्षलाई प्राथमिकता दिइने



नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा.युवराज खतिवडाले क्षेत्रगतभन्दा पनि नीतिगत कार्यक्रम आवश्यक आयोजनालाई पहिलो प्र्राथमिता दिएर आगामी बजेटको खाका तयार हुने बताउनुभएको छ ।

मन्त्री, प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट माग गरेर पदको दुरुपयोग गरेको चर्चा आइरहेको बेला अर्थमन्त्री खतिवडाले प्राथमिताका आधारमा मात्र आयोजनालाई समेटिने बताउनुभएको हो ।

सोमबार राष्ट्रियसभाको बैठकमा आगामी वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका सवालमा सम्बोधन गदै मन्त्री खतिवडाले प्राथमिकता क्षेत्रगतभन्दा पनि नीतिगत हाम्रा प्राथमिकता, नीतिगत, परियोजना र आयोजनागतको प्राथमिताका आधारमा बजेटका प्राथमिकता तय हुने बताउनुभयो ।

कृषि, उद्योग, यातायातलाई प्राथमिकतामा राखेर अन्य क्षेत्रलाई छाया“मा पार्न नहुने भन्दै मन्त्री खतिवडाले सडक भनेर सडकमा यात्रा गर्न सक्ने क्षमता विकास गरेर मात्र अन्य क्षेत्रले लाभ लिन सक्ने बताउनुभयो। साधन स्रोत तथा राजस्वको बा“डफा“डलगायतलाई मानव विकास सूचांकको आधार बनाएर सरकारले क्षेत्रीय सन्तुलन कायम गर्न लागिपरेको छ ।

वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन, बचत र आफ्नै राष्ट्रिय पू“जीबाट सञ्चालित हुने अर्थ प्रणालीतर्फ लैजान सके आयातमुखी अर्थतन्त्रमा सुधार ल्याउन सकिने खतिवडाले बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले स्रोत, खर्चको दायित्व, अधिकार क्षेत्रको बा“डफा“डका धेरै कानून बनिसकेको भन्दै निजी र सहकारी क्षेत्र, विकास साझेदारस“ग पनि सहकार्य गर्ने कामलाई सरकारले प्राथमिकता दिने बताउनुभयो । सरकार, निजी क्षेत्र र सहकारी तीनवटै क्षेत्र समृद्धिको मार्गमा एकजुट भएर अघि बढ्ने गरी बजेट निर्माण हुने मन्त्री खतिवडाको दाबी छ ।

बचतलाई उत्पादक शक्तिको विकास गरेर परिचालन गर्ने क्षमता र त्यसका आधारमा न्यायिक समाज र समृद्ध अर्थतन्त्र निर्माण हुने उल्लेख गर्दै उहा“ले संरक्षण गर्नुपर्ने सबै वर्ग, क्षेत्र एवं लिंग सबैका लागि राज्य छ, भन्ने अनुभूति दिलाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा हुने बताउनुभयो ।

मानव विकास सूचकांकमा पछि परेका क्षेत्र, प्रदेश र स्थानीय तहलाई बजेटको अलिकति न्यायिक हिस्सा जाओस् भनेर सूत्रबद्ध ढंगले साधन स्रोतको वितरणको व्यवस्था गरिएको मन्त्री खतिवडाले बताउनुभयो । विप्रेषणमा आधारित अर्थतन्त्रलाई विस्तारै स्वदेशी उत्पादन, बचत र आफ्नै राष्ट्रिय पु“जीबाट सञ्चालन हुनेतर्फ लिएर जाने गरी कार्यक्रम बनाइएको उहा“को भनाइ छ ।

विप्रेषणलालई क्रमशः घटाउ“दै स्वदेशमै रोजगारी दिने गरी कार्यक्रम अघि बढाइने भन्दै व्यापारघाटा घटाउन निर्यात प्रवद्र्धन गर्नेमा जोड दिइएको बताउनुभयो । पु“जीगत खर्च बढाउन र पु“जी परिचालन गर्न धेरै काम र सुधार गर्नुपर्ने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

आन्दोलनरत पूर्वी नेपालका चिया मजदूर र चिया उत्पादकबीच सरकारले तोकेको न्यूनतम् पारिश्रमिक लागू गर्ने सहमति भएको छ । चिया क्षेत्रमा आन्दोलनरत ट्रेड युनियनका प्रतिनिधि र नेपाल चिया उत्पादक सङ्घका प्रतिनिधिबीच आज चिया श्रमिकलाई न्यूनतम् पारिश्रमिकलगायत सरकारले तोकेको सेवासुविधा उपलब्ध गराउने सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्