लोभलाग्दो शताब्दी पुरुषको जीवन

0
Shares

सुनील महर्जन, ललितपुर
उमेरले सय पुग्यो । सक्रियताले सय वर्ष पुगेको भन्दैन । यस्तो जीवन बा“च्ने रहर कसलाई नहोला ? वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवन पनि सबैका निम्ति लोभ लाग्दो जीवन बनेको छ ।

वरिष्ठ संस्कृतिविद् जोशी सोमबार सय वर्षमा प्रवेश गर्नुभएको छ । यस अवसरमा ललितपुर महानगरपालिकाले जोशीलाई बग्गीमा राखेर नगरपरिक्रमा गराइएको छ । ‘वाह यस्तो पो जीवन’ जोशीको नगरपरिक्रमामा सहभागी, नगरपरिक्रमा दृश्य हेरिरहेका सबैले आश्चर्य मिश्रित भावले यस किसिमले प्रतिक्रिया दिएका छन् ।

१ सय वर्षमा पनि स्वस्थ र सक्रिय जीवन जोशीका लागि वरदान सावित भएको छ । यस्तो जीवनप्रति सर्वसाधारणले मात्र नभई नेकपाका नेतृ एवं ललितपुर क्षेत्र नं ३ का सांसद पम्झा भुसालले पनि लोभ गर्नुभयो । ‘म पनि सत्यमोहन दाइजस्तो दीर्घ र सक्रिय जीवन जिउन पाऊ“ । मलाई पनि यस्तो जीवनप्रति लोभ छ ।’ ‘अहिले अधिकांश संस्कृति हराउ“दै गएका छन् । रातो मच्छिन्द्रनाथको जात्रा पाटनमा चलिरहेको छ । यस्तो जात्रा चलाउन दिनानुदिन कठिन हु“दै छ । यस्तो जात्रा बचाउन जोशीको सक्रियता र प्रेरणा लिनुपर्दछ’ –उहा“को भनाइ थियो ।

भारतीय राजदूत मञ्जित सिंह पुरीले जोशीको जस्तो जीवन जिउन रहर भएको बताउनुभयो । समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगत्मान गुरुङको भनाइ पनि भुसाल र राजदूत पुरीको भन्दा खासै फरक छैन । ‘जोशीको सक्रिय जीवनले सबैलाई लोभ्याएको छ’ –उपकुलपति गुरुङले भन्नुभयो ।

सो समारोहमा जोशीलाई नेपाल सरकार, काठमाडौं उपत्यकाका १८ स्थानीय तहका मयेरहरुको संयुक्त फोरम र ललितपुर महानगरपालिकास“गै विभिन्न संघसंस्थाले जोशीको योगदानको कदरसहित सम्मानपत्र प्रदान गरेका थिए । नगरपरिक्रमा सहभागी, आफूप्रति सद्भाव राख्ने, स्नेह गर्ने सबैप्रति धन्यवाद भन्दै बोल्न शुरु गर्नुभएका जोशीले भन्नुभयो– ‘यो भनेको वास्तवमा संस्कृति, साहित्य, नेपाली भाषा र मेरो मातृभाषा नेपालभाषाको लागि गरेको कामको सम्मान हो । व्यक्ति सत्यमोहन जोशीको सम्मान होइन । व्यक्ति सत्यमोहन त एक निमित व्यक्ति न हो ।’

आफूलाई भेट्न आउने धेरैले दीर्घ र स्वस्थ जीवनको रहस्य के हो भनेर सोध्ने गरेको बताउ“दै जोशीले बोल्ने क्रममा आफ्नो दीर्घ जीवनको रहस्य खोल्नुभयो– ‘चिन्तन गर्ने र चिन्ता नलिने । आफूलाई प्राप्त भएकोमा सन्तुष्ट भएर सक्रियतापूर्वक जीवन बा“च्ने । यो भएन, त्यो भएन भनेर धेरै गुनासो नगर्ने, छोरा, बुहारी, सन्तानबाट धेरै अपेक्षा नगर्ने ।’

चार वर्षअघि फोक्सोमा पानी जमेर उपचार गराउने बाहेक अहिलेसम्म वरिष्ठ संस्कृतिविद् जोशीलाई खासै औषधी खानुपरेको छैन । ‘दाल, भात नै खान्छु । साधारण जीवन बिताउ“छु । राति सुत्ने बेला घरमै बनाएको रक्सी एक पेग नखाई हुन्न’ –जोशीले समारोहमा यो कुरा भनेपछि सहभागीबाट हा“सोको फोहोरा छुटेको थियो ।

जोशी ९५ वर्ष पुग्दा नई प्रकाशनले आयोजना गरेको एक समारोहमा शताब्दी पुरुष भनेर सम्बोधन गरेको थियो । सय वर्ष पुग्न पा“च वर्ष बा“की छ । वाङ्मय शताब्दी पुरुष भनेर सम्बोधन गर्न मिल्दैन भनेर आफूले तर्क गरेको सुनाउ“दै जोशीले भन्नुभयो– ‘त्यति बेला नई प्रकाशनका इन्दिरा प्रसाई र नरेन्द्र प्रसाईले जा“चमा फेल भएमा विद्यार्थीलाई पा“च अंक ग्रेस दिएर पास गरेझै तपाईलाई पनि ५ वर्षको आयु ग्रेस दिएर शताब्दी पुरुष भनेको भनेर उत्तर दिएपछि मस“ग बोल्ने उत्तर नै भएन ।’

अहिले आएर त्यो कुरा सम्झि“दा त्यसले आफूलाई सय वर्ष बा“च्न थप ऊर्जा र मनोबल बढाएको जोशीले बताउनुभयो । ‘अहिले पनि मलाई सम्मान गरेर आत्मबल बढाएको छ । बा“चुञ्जेल सक्रिय हुन पाऊ“ । यसैमा रमाइलो छ’ –जोशीले भन्नुभयो ।

सो अवसरमा जोशीले विकास भनेको ठूलठूला सडक, गगन चुम्बी भवन बनाउने मात्र नभई संस्कृति, सम्पदा जोगाउनुपनि बिकास भएको बताउनुभयो । ‘संस्कृति, सम्पदा नै भएर भने राष्ट्रको प्रतिष्ठा, सभ्यता कसरी जीवित रहन्छ । राष्ट्र कसरी समृद्ध बन्दछ’ –उहा“ले भन्नुभयो ।

सो अवसरमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको जीवन सबैका लागि प्रेरणादायी रहेको बताउनुभयो । जोशीलाई सम्मान गर्न पाउ“दा आफूलाई भाग्यमानी महसुश गरेको पोखरेले बताउनुभयो ।

समारोहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाको सहयोगमा एक वर्ष अघि राजधानीमा जनस्तरबाट गरिएको जोशीको अभिनन्दन सन्दर्भ उल्लेख गर्दै जोशीको सम्मान कला, संस्कृति र साहित्यको सम्मान रहेको धारणा राख्नुभयो ।

जनकवि दुर्गालाल श्रेष्ठको जोशीको बारे रचना गर्नुभएको कविता वाचन गर्नुभयो । सो अवसरमा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, उपप्रमुख गीता सत्याल, कार्यसम्पादन समितिका संयोजक श्रीगोपाल महर्जनलेलगायतले महानगरपालिकाले वर्षभरि कार्यक्रम आयोजना गरेर जोशीको जन्मशताब्दी मनाउनेमा केन्द्रीत गर्दै आ–आफ्नो धारणा राख्नुभयो ।

यसअघि जोशीलाई नेवारी परम्पराअनुसार सगुन र कार्यवाहक प्रधानमन्त्री पोखरेल शिरमा फेता (बेताली) बा“धेर शुभकामना व्यक्त गरिएको थियो । जोशीद्वारा लिखित पा“चवटा कृति पनि समारोहमा लोकार्पण गरिएको थियो ।