‘प्रधान सेनापति HIGH ALTITUDE TRI-ADVENTURE’ प्रतियोगता २०७४ सम्पन्न

0
Shares

कामाडाैं । नेपाली सेनाद्वारा प्रथम पटक आयोजित राष्ट्रिय स्तरको ‘प्रधान सेनापति High Altitude Tri-Adventure प्रतियोगता २०७४’ को  आज सम्पन्न गरिएकाे छ । मुस्ताङ्ग जिल्लाको जोमसोमस्थित श्री सैनिक उच्च शिखर शिक्षालयमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा  समापन गरिएकाे हाे ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको ३ टिम, सशस्त्र प्रहरी बलको २ टिम र राष्ट्रिय स्तरका १० टिम गरी जम्मा १५ टिमले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा क्लाईम्बिङ्ग १०० मिटर, रनिङ्ग ४.७५ कि.मि.र साईक्लिङ्ग १५.५० कि.मि. गरी जम्मा २०.३५ कि.मि.को निर्धारित दुरी त्रिभुवन आर्मी क्लबको टिम ‘बी’ ले १ घण्टा १९ मिनेट ४४ सेकेण्डमा पुरा गरी प्रथम, त्रिभुवन आर्मी क्लबको टिम ‘ए’ ले १ घण्टा २० मिनेट ५० सेकेण्डमा पुरा गरी द्धितिय र सशस्त्र प्रहरी बलको टिम ‘ए’ ले १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पुरा गरी तृतिय स्थान हासिल गर्न सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमलाई प्रधान सेनापति श्री क्षत्रीले क्रमशः नगद पुरस्कार रु. ५०,०००।-, ३०,०००।-, २०,०००।-, पदक तथा प्रमाण पत्रका साथै सहभागी प्रत्येक टिमलाई समेत नगद पुरस्कार रु. ५,०००।-, पदक तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, मुस्ताङ्ग जिल्लाका जिल्ला न्यायधिश र प्रमुख जिल्ला अधिकारी, नेपालको लागि संयुक्त राज्य अमेरिकाका सैनिक सहचारी तथा नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।