होटल संघमा महिला नेतृत्व

0
Shares

काठमाडौं, नेस
होटल संघ नेपालको अध्यक्षमा सिर्जना राणा चयन हुन भएको छ । संघको साधारणसभाले अन्नपूर्ण होटलकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) राणालाई अध्यक्षमा चयन गरेको हो।

संघको ४६ औं बार्षिक साधारण सभाबाटराण हानको पहिलो महिला सर्वसम्मत रुपमा अध्यक्षमा चयनहुनु भएको हो । संघको प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल सांग्रिला होटलका, प्रवीणबहादुर पाण्डे, महासचिवमा काठमाडौँ प्रिन्स होटलका सुजन शाक्य र कोषाध्यक्षमा होटल वैशालीका विशालकुमार चयन हुनु भएको छ ।

सदस्यहरुमा अमरमान शाक्य, दिनेशबहादुर विष्ट, विधाता श्रेष्ठ, दिनेश तुलाधर, विनोदबहादुर श्रेष्ठ, विप्लव पौडेल, विनोदशङ्कर श्रेष्ठ, गोपाल राना, रामकुमारी पुरी, युवराज श्रेष्ठ, ठाकुरप्रसाद पोखरेल रहनु भएको छ ।

यसैगरी, अन्य सदस्यमा राजेन्द्र भट्ट, ज्ञानेन्द्रकुमार विष्ट, राजन श्रेष्ठ, राहुल शाक्य, हेमबहादुर गुरुङ, सिपी श्रेष्ठ, अशित शम्शेर जङ्गबहादुर राणा, राहुल चौधरी र भरतराज पराजुली हुनु हुन्छ ।