राजधानीमै ७ वर्षिया बालिका बलात्कार गर्ने व्यक्ति समातिए


नेपाल समाचारपत्र, काठमाडौं ।

केहि दिन अगाडी काठमाडौंको सिनामंगलमा सात बर्षिय बालिकाको बलात्कार गरि फरार रहेका भुवन भनेर चिनिने राजु खरेललाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौंको समन्वयमा कंचनपुर प्रहरीले कंचनपुरको बेलौरीबाट पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।