सेनाद्धारा शौचालय हस्तान्तरण


सरस्वती न्यौपाने, रसुवा ।
जिल्लाको गोसाइकुण्ड गाउँपालिका –६ बोकेझुण्डामा अवस्थित गाउँखर्क राष्ट्रिय माविमा निकुञ्ज को सुरक्षार्थ रहेको कालिजंग गणले निर्माण गरेको शौचालयको विधिवत रुपमा हस्तान्तरण गरेको छ ।

गणपति सर्वेन्द्र नगरकोटि का अनुसार शौचालय निर्माण गरि ६ नम्बर बाहिनि अडाका बाहिनि पति एवम साहायक स्थी लवकुमार रायमाझि ले उदघाटन गर्दै विद्यालयलाई साँचो हस्तान्तरण गर्नु भएको थियो ।

साथै सोहि विद्यालयमा अध्यनरत २० जना छात्र –छात्रा हरुलाई स्टेसनरी स्कुल झोला खेल सामाग्रि हरु समेत वितरण गरिएको छ ।

गणपति नगरकोटी का अनुसार विद्यालय परिसरमा वृक्षारोपण समेत गरिएको छ ।

साथै उक्त कार्यक्रममा ६ नम्बर बाहिनि अडाका बाहिनिपति लवकुमार रायमाझि लाङटाङ राष्ट्रिय निकुन्ज का प्रमुख संरक्षण अधिकृत सुश्मा राना कालिजंग गणका गणपति सर्वेन्द्र नगरकोटि मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष टेम्पा नुर्पु तामाङ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख बालकृष्ण सिम्खडा गोसाइकुण्ड वडा नं. ६ का वडा सदस्य ,प्राधानाध्यापक अभिभावक तथा विद्यार्थि हरुको उपस्थिति रहेको थिए ।