१५ वर्षीया किशोरीको घाँटी रेटी हत्या


नेपाल समाचारपत्र, पाँचथर ।
पाँचथरमा १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या गरिएको छ ।
हिलिहाङ गाउपालिका– ४, पञ्चमिकी शितल योङहाङको आइतबार साँझ घाँटी रेटी हत्या भएको हो ।

शीतलको शव घाँटी काटिएको अवस्थामा साँझ ७ बजेको समयमा सडक मुनी फेला परेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलेले बताउनुभयो । शीतल आइतबार अपरान्ह ४ बजे स्कूलबाट घर आएर घरको काम सकेर बाहिर निस्केको परिवारले जनाएको छ ।

हत्या कस्ले र किन गर्‍यो भन्ने खुलेको छैन् । यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

किशोरीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको छ ।