मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु

0
Shares

कपिलवस्तु । कपिलवस्तुको तौलिहवा जितपुर सडक खण्डको निग्लिहवाकोटमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

गए राती जहदीबाट तौलिहवा आउँदै गरेको लु ९ प ४६६४ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलमा आइरहेका कपिलवस्तु नगरपालिका वडा नं। ६ का शेषराम यादव र मायादेवी गाउँपालिका वडा नं। ७ का सर्वजीत यादवको घटना स्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।