पाकिस्तानी पाँचतारे होटलमा आक्रमण

0
Shares

इस्लामावाद,(एजेन्सी)
पाकिस्तानको हिंसाग्रस्त प्रान्त बालोचिस्तान स्थित एउटा पाँच तारे होटेलमा प्रवेशगरी तीनजना बन्दुकधारीले आइतवार अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा त्यहाँ तैनाथ एकजना गार्ड मारिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
ति तीनैजन आक्रमणकारीलाई सुरक्षा फौजले गोली हानी मारेको बताइएको छ । वन्दरगाह शहर ग्वादार स्थित उक्त पर्ल कन्टिनेन्टल होटेललाई कब्जा गर्ने उद्देश्यले भएको यस हमलालाई विफल पार्न सुरक्षाकर्मिहरुले घन्र्टौ लाममो कारवाही गर्नु परेको थियो ।

होटेलका प्रवक्ताले मुश्लिमहरुको पवित्र एकमहिने वर्षिक पर्व रमजानको कारण आक्रमणको समय त्यहाँ कुनै पाहुना नरहेको तथा कर्मचारीहरु पनि थोरै संख्यामा रहेको बताएका छन् । पृथकतावादी बालोचिस्तान लिवरेसन आर्मीले यस आक्रमणको जिम्मेवारी लिएको छ ।

यस समुहले चिनिया परियाजनाको अर्वौं अमेरिकी डलर लगानी रहेको यस होटेलमा चिनियाँ तथा अन्य लगानीकर्ताहरुलाई लक्षित गर्दै आक्रमण गरेको दावी गरेको छ । बालोचिस्तानका लडाकुहरु चिनिया लगानीबाट स्थानिय व्यक्तिहरुलाई कुनै फाइदा नहुने भन्दै त्यसको विरोधमा लाग्ने गरेका छन् ।
प्रायश उच्च पदस्थ सरकारी अधिकारी र विदेशी पाहुनाको घुँइचो लागिरहने यस होटेलमा स्थानिय समय अनुसार अपरान्ह ४ बजेर ५० मिनेट जाँदा बन्दुकधारीहरु प्वेश गरेका थिए ।