इरान अन्तर्राष्ट्रिय नाकाबन्दीको दबाबमाः रुहानी

0
Shares

तेहरान,(एजेन्सी)
इरानका राष्ट्रपति हस्सन रुहानीले आइतवार इरानले अन्तर्राष्ट्रिय नाकावन्दिबाट अप्रत्याशित दवाव सामना गरिरहेको जनाएका छन् । उनले पछिल्लो समयमा नविकरण गरिएको अमेरिकी आर्थिक नाकावन्दिको कारण सन् १९८० देखि १९८८ सम्म छिमेकी राष्ट्र इराकसंग भएको युद्धको समयमा भन्दा अहिले इरानको आर्थिक हैसियत खस्किएको पनि बताएका छन् ।

इरानबाट आफ्ना फौज माथि आक्रमण हुनसक्ने खतरा रहेका बताउादै अमेरिकाले खाडी क्षेत्रमा अमेरिकाले गत साता मात्र युद्ध विमान , युद्धपोतहरु लगायत प्याट्रियटिक क्षेप्यास्त्र भेदन प्रणाली तैनाथ गरेको समयमा रुहानीको यस्तो अभिव्यक्ति बाहिर आएको हो ।

हाल देशमै पनि आन्तरिक राजनीतिक दवाव भोगिरहेका रुहानीले नाकावन्दिीलाई लत्याउनका लागि राजनीतिक एकताको आब्हान गरेका छन् । तेहरानमा राजनीतिक अभियन्ताहरुलाई सम्बोधन गर्दै रुहानीले भनेका छन् , ‘ इरान – इराक यरद्धको दौरान हामीलाई बैंक कारोवार , तेल आयात वा निर्यात जस्ता कार्यमा कुने समस्या थिएन ।

त्यतिवेला हातहतिया खरिदमा मात्र नाकावन्दि लगाइएको थियो । इतिहासमा हाम्रो इस्लामिक क्रान्तिको दौरान शत्रुहरुले दिएजस्तै अहिले हामीले दवाव खप्नु परिरहेको छ । तर म निराश भएको छैन । अझै भविष्य प्रति आशावादी छुँ । मलाई विश्वास छ यदि हामी एकजुट हुने हौ ंभने यस समस्याग्रस्त परिस्थिीतीलाई पनि पार लगाउन सकिन्छ ।

सन् २०१५ मा भएको आणविक समझौता अनुरुप इरानले आणविक कार्यक्र बन्द नगरेको अरोप लगाउँदै गत वर्ष अमेरिका सो सम्झौताबाट अलगिएको थियो । सो सम्झोतामा इरान लगायत अमेरिका , वेलायत , फ्रान्स , चीन , रसिया र जर्मनीले हस्ताक्षर गरेका थिए ।

अमेरिकी आर्थिक नाकावन्दिको कारण देखाउँदै हालै मात्र इरानले पनि सो सम्झोताका केहि बुँदा निलम्वन गर्दै पुन युरेनियम प्रशोधन गर्ने चेतावनी दिएको थियो । युरोपेली समुदायले भने इरानको यस कदम प्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।