मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
मेगा बैंक नेपाल र एसियन लाइफ इन्स्योरेन्स बीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सहमतिस“गै मेगा बैंकका ग्राहकहरूले एसियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा सुविधा अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

मेगा बैंकका देशभरका १ सय २ शाखाबाट एसियन लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।