स्प्राइटको डबल डोज रिफ्रेस रिचार्ज अफर समाप्त

0
Shares

काठमाडौं, (नेस)
स्प्राइटको डबल डोज रिफ्रेस पनि रिचार्ज पनि क्याम्पेन धमाकेदार रुपमा सफलतापूर्वक समाप्त भएको छ । फेब्रुअरी १ गतेबाट शुरु भएको उक्त क्याम्पेनले उपभोक्तामाझ रौनक बढाउनुका साथै उत्साहजनक सहभागिता र प्रतिक्रिया पाएको थियो ।

यस अफरमार्फत देशभरका ९ दशमलव १४ भन्दा बढी विजेता १० देखि १० हजार रुपिया“सम्मको टक टाइम रिचार्ज जित्न सफल भएका छन् ।

त्यस्तै स्प्राइट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि अफरअन्तर्गत ६२ जना विजेताले सामसुङ ग्यालेक्सी नोट ९ जित्न सफल भएका छन् । यो अफर कोका–कोला ब्राण्डका कोका–कोला, स्प्राइट, फान्टा ओरेन्ज, फान्टा लेमन र किन्ले सोडाको २५० एमएलको आरजीबि अर्थात शिशाको बोतलमा उपलब्ध रहेको थियो । जसमार्फत उपभोक्ताहरुले दैनिक १० देखि १० हजारसम्मको टक टाइम रिचार्ज र सामसुङ ग्यालेक्सी नोट ९ सम्म जित्न सफल भएका छन् ।

अम्बुज सिंह, कोका–कोला नेपालका कन्ट्री डाइरेक्टरले भन्नुभयो–‘हामी स्प्राइटको क्याम्पेनमा उपभोक्ताको बढ्दो उत्साहपूर्ण सहभागिता देखेर निकै खुशी भएका छौं,’ जसमा उपभोक्ताले रिफ्रेस हुनुका साथै रिचार्ज पनि प्राप्त गर्नुभएको छ । यस अभियानले स्प्राइटलाई प्यास मेटाउने शक्तिशाली ब्राण्डका साथै अन्य पेय पदार्थभन्दा अझ बढी ग्राहकलाई रिफ्रेस बनाउने ब्राण्डको रुपमा प्रस्तुत गरेको छ ।

यस क्याम्पेनको सफलताको श्रेय हामी हाम्रा सम्पूर्ण क्याम्पेन संचालन पार्टनर र रिटेल पार्टनरहरुलाई दिन चाहान्छौ जसले संयूक्त प्रयासमा हामीहरुलाई ग्राहकहरुसँग जोडिन मद्दत गर्नुभएको छ । ’