बजाजको एक्सचेन्जसँगै अपग्रेड अफर

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज एक्सचेन्जस“गै अपग्रेड अफर सार्वजनिक गरेको छ । वैशाख २९ गतेबाट जेठ ३ गतेस“ग लागू हुने यस अफरमा ग्राहकले हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि टेकु रोड, काठमाडौंमा गएर कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर बजाजको नया“ मोटरसाइकलस“ग एक्सचेन्ज गर्न सक्नेछन् ।

कम्पनीले कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३० हजारसम्मको मूल्याकंन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५ हजार प्रदान गर्नेछ । ग्राहकले नया“ बजाज मोटरसाइकलको खरिदमा निःशुल्क हेल्मेट, बाइक कबर, व्याक्स, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने छन् ।

ग्राहकले बजाजको नया“ वर्ष २०७६ को स्किम बजाज उल्टो अफरको लाभ लिन सक्नेछन् जसमा बजाजको मोटरसाइकल किन्नुभन्दा अगाडि नगद पुरस्कार र किनेपछि पनि१ लाखसम्मको नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।