एभरेस्ट बैंकको न्यूनतम् होम लोन

0
Shares

काठमाडौं, (नेस)
एभरेस्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्किम सार्वजनिक गरेको छ । एभरेष्ट बैंकले घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नौ घरको किस्ता बुझाउ“” भन्ने नारा सहित न्यूनतम सरल मासिक किस्ता ९ हजार ५९९ रुपिया“को होम लोन ल्याएको छ ।
यस अभियानमा ग्राहकले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट तथा २५ वर्षसम्मका लागि लोन पाउनेछन् । बैंकले सम्पूर्ण ग्राहकलाई यस अभियानको लाभ उठाउ“दै आफ्नो घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाखभन्दा बढी रहेको छ, जुन बैंकिङ क्षेत्रमा नै सबैभन्दा उच्च हो । हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटीएम रहेको छ ।