हङकङको संसद्मा विधायकबीच कुटाकुट

0
Shares

बेइजिंग,(एजेन्सी)

चीनको विशेष प्रशासकिय क्षेत्र हंगकंगको संसदमा शनिवार दुई पक्षका सांसदबीच हात हालाहालको स्थिती सिर्जना भएको छ । सुपुरर्दगी सम्बन्ध विषयमा ल्याउन लागिएको एक कानुनमा वहस चलिरहेकाबेला लोकतन्त्र पक्षधर सांसद र बेइजिंग पक्षधर सांसदबीच अचानक घम्साघम्सी सुरु भएको थियो । त्यसै क्रममा

मुक्का हानाहान हुँदा एक जनालाई उपचारार्थ अस्पताल लगिएको छ ।
हंगकंगले आपराधिक आरोप लागेको व्यक्तिलाई सुपुरदर्गी गर्न अनुमति दिने कानुन लागु गर्न खोजेको हो । यस नयाँ परिवर्तित कानुन अनुसार अपराधको आरोपमात्रै लागेका जो कसैलाई सुपुरदर्गी सम्झौता नभएका देशले मागेको खण्डमा समेत सुपुरर्दगी गरिने व्यवस्था लागु हुने भएको छ ।

प्रस्तावित सुपुर्दगी काननु पारित भएमा बेइजिंगको हंगकंगमाथिको नियन्त्रण हालको तुलनामा अझै बढ्ने यस विधेयकका विरोधीहरुको भनाई रहेको छ । तिनीहरुले यो कानुन पारित भएपछि अहिले हंगकंगलाई दिइदै आएको थुप्रै विशेषाधिकार र कानुनी संरक्षण नष्ट हुने आशंका व्यक्त गरेका छन् ।
सन् १९९७ सम्म वेलायती उपनिवेश रहेको हंगकंग चीनलाई हस्तान्तरण गरिँदा यस क्षेत्रमा छुट्टै कानुनी–क्षेत्राधिकार हुने सहमति भएको थियो ।

शनिवार संसदमा लोकतन्त्र पक्षधर सांसद र बेइजिंग पक्षधर सांसदले विधयकबारे अलग सुनुवाई सुरु गर्न थालेपछि तनाव उत्पन्न भएको होे । सुपुरर्दगी विधयक लागू भएको खण्डमा हंगकंगलाई दिइएको विशेष स्वायत्तता माथिनै प्रहार हुने हो कि भन्नेमा आशंका र त्रास जनस्तरमै रहेको देखिन्छ । त्यही कारण दुईसाता अघि सुपुरर्दगी विधेयकको विरोधमा १ लाख ३० हजार मानिस सडक प्रदर्शनमा उत्रेका थिए । त्यस्तगरी हजारौं व्यक्तिले संसदबाहिर जम्मा भएर विधेयक परित्याग गर्नुपर्ने माग राखेका थिए ।