टाइम म्यागजिनमा मोदीको आवरण कथा

0
Shares

वासिंगटन( एजेन्सी)
अमेरिकाबाट प्रकाशित हुने चर्चित म्यागजिन ‘टाइम’ले आफ्नो नयाँ अंकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आवरण कथा बनाएको छ ।

म्यागजिनको आवरणमा नरेन्द्र मोदीको पेन्टिङ तस्वीर राखिएको छ भने त्यसको छेउमा लेखिएको छ ,‘भारतका विभाजनकारी प्रधानमन्त्री ’ ।

टाइम म्यागजिनले सो आवरण पृष्ठबारेलाई ट्वीट गर्दै लेखेको छ ,‘टाइमको नयाँ अन्तराष्ट्रिय आवरणः के संसारको सबैभन्दा ठूलो लोकतन्त्रले मोदीको सरकारलाई आगामी पाँच वर्षसम्म थप सामना गर्न सक्ला ?’

यो म्यागजिन आगामी २० मेमा बजारमा आउने भएको छ । भारतमा मे १९ मा लोकसभा निर्वाचन अन्तर्गतको अन्तिम चरणको निर्वाचन सम्पन्न हुँदैछ । विश्वकै सबैभन्दा ठूलो मानिएको यस निर्वाचनको अन्तिम परिणाम २३मे मा सार्वजनिक हुने बताइएको छ ।

प्रिन्ट संस्करणमा बाहिर आउन बाँकी भए पनि ‘टाइम’को वेबसाइटमा आवरण कथा प्रकाशित भइसकेको छ । त्यसमा मोदी गुजरातको मुख्यमन्त्री भएदेखि भारतको प्रधानमन्त्री भए सम्मको चर्चा र विश्लेषण गरिएको छ ।

मोदी सन् २०१४ मा अभूतपूर्व सिटसहित प्रधानमन्त्री बनेका थिए । साथै सो कथामा मोदीका उलेख्नीय कार्यको पनि चर्चा गरिएको छ भारतमा चर्चामा रहेको यस आवरण कथाका लेखक आतिश तासीर हुन् । ब्रिटेनमा जन्मेर त्यहिँै हुकका आतिश भारतीय चर्चित पत्रकार तवलीन सिंहका छोरा हुन् ।