फाईनलमा गण्डकी र बिर्तामोड भिड्ने

0
Shares

इलाम, (नेस)
इलाममा जारी प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिताबाट गण्डकी प्रदेश र बिमान ट्रेडर्स बिर्तामोड झापा बिजयि बन्दै फाईनलमा प्रबेश गरेको छ । शनिबार सम्पन्न पहिलो सेमिफाईनलमा गण्डकी प्रदेशले ताप्लेजुङ्ग जिल्ला भलिबल संघलाई २५–१६, २५–१६, २०–२५ र २५–१९ को सेटमा हरायो ।

गण्डकी प्रदेशले एक सेट गुमाएर ताप्लेजुङ्गलाई हराएको हो । खेलमा गण्डकी प्रदेशका सञ्जु बिक्रम शाह म्यान अफ दि म्याच घोषित भए । यस्तै अन्तिम सेमिफाईनलमा बिमान ट्रेडर्स बिर्तामोड झापाले नवचेतना भलिबल क्लब बरबोटे इलामलाई २०–२५, २५–२०, २५–२२ र २५–२१ को सेटमा हरायो । झापाले पनि बरबोटेसंग एकसेट गुमाएको थियो ।

सो खेलमा झापाका बिशाल ठकुरी म्यान अफ दि म्याच घोषित भए । देशभरका ८ वटा ले प्रतियोगितामा सहभागिता जनाएका थिए । विजेताले १ लाख ५१ हजार रुपैया“ र उप विजेताले ८१ हजार रुपैया“प्राप्त गर्नेछन् ।