पाकिस्तानी सिनियरको खराब व्यवहारको खुलासा

0
Shares

लाहौर, (एजेन्सी)
पाकिस्तानका अलराउन्डर खेलाडी शहिद अफरीदीले हालै सार्वजनिक भएको उनको आत्मकथा द गेमचेन्जर मा सिनियर खेलाडीमाथि खराब व्यवहारको आरोप लगाएका छन् ।

अफरीदीले सो आत्मकथामा उल्लेख गरे अनुसार एक पटक सिनियर खेलाडीले ब्याटले कुट्ने प्रयास गरेका थिए । यसपछि पाकिस्तानी क्रिकेटमा विवाद उत्पन्न भएको उनले खुलाएका छन् ।

अफरीदीले लेखेका थिए—पूर्व कप्तान र त्यतिबेलाको कोच जावेद मियांदादले सन् १९९९ मा मलाई (अफरीदी) भारत यात्राको समयमा चेन्नई टेस्टमा ब्याटिङको अभ्यास गर्न दिएका थिएनन् ।

यसै बीच अफरीदीको समर्थनमा पाकिस्तानका पूर्व बलर शोएब अख्तर आएका छन् । उनले एक टिभी कार्यक्रममा बताए—म यसको साक्षी हु । मलाई लाग्छ अफरीदीले खराब व्यबहारलाई लिएर आफनो पुस्तकमा कम लेखेका छन् । उनलाई अझ बढी लेख्ने पर्ने थियो । मैले आफ्नै आँखाले सिनियर खेलाडीको खराब व्यवहार देखेको थिएँ ।

अफरीदीले समर्थनका लागि शोयबलाई धन्यवाद दिएका थिए ।
शोयबले दावी पनि गरेका छन् कि १० खेलाडीले खराब व्यवहारको लागि पछि हामी दुबैसँग माफी पनि माँगेका थिए । उनले भने—एक चोटि अस्टे«लियाको यात्रामा चार खेलाडीले मलाई पिट्ने उद्देश्य लिएर मेरो सामु आएका थिए ।

यस्तै पूर्व टेस्ट नदीम खानले पनि अफरीदीको समर्थन गरेका छन् । उनले बताए—अफरीदीले जे लेखे त्यो सही छन् । त्यो बेला म उनका रुमसाथी थिएँ । मलाई लागेको थियो कि मियांदादले टेस्टका लागि अफरीदीलाई उक्साउन एक मनोवैज्ञानिक चाल चलेका थिए ।