सिन्धु कपको उपाधि जावलाखेललाई

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
साताअघिदेखि जारी चौथो सिन्धु कप फुटबलको उपाधी जाउलाखेल यूवा क्लबले चुमेको छ ।

नेपाल आइसद्धारा प्रायोजित तथा यूथ स्पोर्टस क्लव लामोसाँघुद्धारा आयोजित सिन्धु कपको शनिवारको फाइनल खेलमा गोर्खा ब्वाइजलाई हराउँदै जाउलाखेलले चौथो सिन्धु कपको उपाधी हात पारेको हो ।

शनिवार सुनकोसी गाउँपालिकास्थित बसन्तपुर खेलमैदानमा भएको फाइनल खेलमा जाउलाखेल यूवा क्लवले २–० गोल अन्तरमा गोर्खा ब्वाइजलाई पराजित ग¥यो । खेलको पहिलो हाफको १९ मिनेटमा जाउलाखेलका डानेल बाजेले एक गोल गर्दै अग्रता दिलाए ।

दोस्रो हाफको ४ मिनेटमै डानेल बाजेले थप गोल गरेपछि जाउलाखेलले उपाधीलाई सुरक्षित गर्नसक्यो । उपाधी बिजेतालाई पाँच लाख रुपियाँ तथा उपविजेतालाई साढे दुई लाख रुपियाँ रकमको चेक प्रदान गरिएको थियो ।