नाडाल ७०औं सेमिफाइनलमा

0
Shares

मेड्रिड, (एजेन्सी)
विश्व टेनिसको पुरुष वरियतामा दोस्रो नम्बरमा रहेका राफेल नाडल मेड्रिड ओपनको सेमिफाइनलमा पुगेका छन् । उनले क्वार्टरफाइनलमा स्विट्जरल्यान्डका स्टान वावरिन्कालाई ६–१, ६–२ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

तर विश्व नम्बर ३ खेलाडी रोजर फेडेररको भने छुट्टी भएको छ । उनलाई विश्व नम्बर ५ डोमिनिक थिएमले २ घण्टा ११ मिनेटसम्म चलेको खेलमा ३–६, ७–६, ६–४ ले पराजित गरेका थिए । योसँगै ३ वर्षपछि क्लेकोर्टमा फर्केका स्विस खेलाडी फेडेररको यात्रा अन्तिम ८ बाटै टुंगियो । थिएमको सामना नोभाक जोकोभिचसँग हुनेछ ।

स्पेनी खेलाडी नाडालले एटीपी मास्टर्स १००० प्रतियोगितामा ७०औं पटक सेमिफाइनलको यात्रा तय गरेका छन् । यो टेनिसमा नयाँ कीर्तिमान समेत हो । साथै उनले अहिलेसम्म ३३ पटक एटीपी मास्टर्स १००० प्रतियोगिताको उपाधि जितेका छन् । उनी उपाधि जित्नेमा पहिलो स्थानमा छन् भने १ उपाधि कम जितेका जोकोभिच दोस्रो स्थानमा छन् । एटीपी मास्टर्स १००० मा फेडेरर भने २८ पटक उपाधि जितेर तेस्रो स्थानमा रहेका छन् ।