पाकिस्तानको एक पाँच तारे होटल बन्दुकधारीको कब्जामा

0
Shares

काठमाडाैं । पाकिस्तानको एक पाँच तारे होटल बन्दुकधारीले कब्जामा लिएका छन। पाकिस्तानी सुरक्षा अधिकारीहरूका अनुसार बलुचिस्तान प्रान्तको ग्वादर सहरमा रहेको पाँच तारे होटल पर्ल कन्टिनेन्टलमा बन्दुकधारीले हमला गरेर कब्जामा लिएका हुन। तीन बन्दुकधारीले छ। होटलमा शनिबार साँझ हमला गरेका थिए। उनीहरूको कब्जाबाट होटललाई मुक्त गर्ने क्रममा एक सुरक्षाकर्मीको मृत्यु भएको छ।

ती बन्दुकधारीले त्यस्तो बेला उक्त होटलमा कब्जा गरेका हुन् जतिबेला कोही पनि ग्राहक त्यहाँ थिएनन् र होटलका स्टाफ पनि कमै मात्र उपस्थित थिए। हमलाको जिम्मा विखण्डनकारी संगठन बलोचिस्तान लिबरेशन आर्मीले लिएको छ। उक्त संगठनका प्रवक्ता जुनैद बलोचले वैदेशिक लगानीलाई निशाना बनाउने नीति अनुसार उक्त हमला गरिएको हो। अझै पनि केही कर्मचारी उनीहरूको नियन्त्रणमा भएको आशंका गरिएको छ।

तर, सुरक्षाकर्मीले भने होटलको ९५ प्रतिशत भाग बन्दुकधारीको नियन्त्रणबाट मुक्त गरिएको छ। बन्दुकधारीले स्थानीय समयअनुसार शनिबार साँझ ४ बजेर ५० मिनेटमा होटलमा महला गरेका थिए। गत साता मात्रै १४ जनाको ज्यान लिनेगरी हमला भएको थियो। उक्त महलामा ज्यान गुमाउने मध्ये ११ जना सुरक्षाकर्मी थिए।