अझै प्रक्रियामा आएनन् ट्युसन सेन्टर, स्थानीय निकाय ट्वाल्ल !


मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरका वैध तथा अवैध ट्युसन सेन्टर अझै दायरामा आएका छैनन् । कञ्चनपुरमा भएका दुई दर्जन ट्युसन सेन्टर मध्ये ९ ओटा ट्युसन सेन्टर मात्रै वैध अर्थात तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट अनुमति प्रप्त छन् । आधा भन्दा बढी ट्युसन सेन्टरहरु अवैध तथा अनुमति बिना सञ्चालनमा रहेका छन् ।

भीमदत्त नगरपालिकाले तीन÷तीन पटक सम्म पनि सूचना जारी गर्दा समेत उक्त ट्युसन सेन्टरहरुले कुनै प्रतिक्रिया जनाएको नपाइएको हो । मेहेन्द्रनगर बजार आसपास, सुडा, दैजी, झलारीमा रहेका केहि ट्युसन सेन्टरहरु वर्षौ देखि अवैध रुपमा नै सञ्चालनमा छन् । विद्यार्थीहरुलाई सकसमा पारेर आफ्नो इच्छा अनुसार पैसा असुल्ने उक्त ट्युसन सेन्टरहरु ४÷५ वर्ष देखि अवैध रुपमा सञ्चालनमा रहेको तथ्यहरु फेला परेका छन् ।

विद्यार्थीलाई अनेक किसिमका सेवा तथा प्रलोभन देखाएर वर्षेनि लाखौं कमाउँने ट्युसन सेन्टरहरु समेत अनुमति बिना सञ्चालनमा रहेको पाइएको छ । कञ्चनपुरमा वि.स. २०७४ पछि एक पनि ट्युसन सेन्टर दर्ता नभएको तथ्यांक शिक्षा विकास तथा समन्वय इकाई महेन्द्रनगर, र स्थानीय निकायका शिक्षा शाखा अधिकृतले जनाएका छन् ।

भीमदत्त नगरपालिका भित्र मात्रै १५ देखि १७ को हाराहारीमा ट्युसन सेन्टरहरु छन् । जस मध्ये ६ ओटा मात्रै वैधानिक रुपले सञ्चालनमा छन् ।

भीमदत्त नगरपालिका भित्र मात्रै १५ देखि १७ को हाराहारीमा ट्युसन सेन्टरहरु छन् । जस मध्ये ६ ओटा मात्रै वैधानिक रुपले सञ्चालनमा छन् । वैधानिक केहि ट्युसन सेन्टरहरु आन्तरिक कारणले बन्द अवस्थामा समेत छन् । बर्षायामका च्याउँ सरि सञ्चालनमा रहेका उक्त ट्युसन सेन्टरमा बिषयज्ञाता बिना मनपरि ढङ्गले विद्यार्थीलाई अल्मल्याइरहेका समेत आधारहरु भटिन्छन् ।

ट्युसन सेन्टरले सञ्चालन गरेका ट्युसन कक्षामा पढाउने शिक्षक कम कक्षा पास गरेर माथिल्लो कक्षाको कोर्ष समेत पढाई रहेको पाइएको छ । बारम्बार आफ्नो कक्षा फेल गर्ने र विद्यार्थीहरुलाई आफु माथिल्लो कोर्ष पढाउनाले विद्यार्थीलाई अल्मल्याई रहने खेल खेलिरहेको कतिपय विद्यार्थीको गुनासो छ ।

भीमदत्त नगरपालिकामा अर्थात महेन्द्रनगरमा सञ्चालनमा रहेका केहि नाम कहलिएका ट्युसन सेन्टरहरुले पनि विद्यार्थीकै स्तरका शिक्षक राखेर कक्षा सञ्चालन गरिरहेको पाइन्छ । नगरपालिकाले बारम्बार सूचना जारी गर्दा सम्म पनि नटेर्नुले कि त सञ्चालकले आडम्बर देखाएको बिझिन्छ । कि त आफुले अनुमति बिना सञ्चालन गरेकोमा कारबाही भोग्नु पर्ने डरले सम्पर्कमा नआएको बुझ्न सकिन्छ ।

नामी ट्युसन सेन्टरले समेत अनुगमन तथा नियमन गर्ने निकायलाई नटेर्नुले केहि न केहि कालो जालो भित्र रोमल्लिएको प्रष्ट हुन्छ । नगरपालिकाले समेत आफ्नो अधिकारलाई समयमा प्रयोग नगर्दा अर्थात अनुगमन, नियमन नगर्दा जस्ले जे गर्दा पनि छुट छ, भने जस्तै भएको छ । कञ्चनपुरका सम्पुर्ण स्थानीय नीकायहरुले शिक्षा क्षेत्रमा घटि रहेका हरेक किसीमका गतिविधीहरुमा अनुगमन तथा नियमन गर्नु आवश्यक देखिन्छ ।

अनुमति सहित सञ्चालनमा रहेका ट्युसन सेन्टलाई करको दायरामा ल्याउनु आवश्यक छ भने, अनुमति बेगर सञ्चालनमा रहेकालाई कारबाही गरेर बन्द गर्न लगाउनु अर्थात प्रक्रिया पुर्याएर सञ्चालनको अनुमति दिनु जरुरी रहेको छ ।